• १३ वैशाख २०८१, बिहिबार

पाल्पामा दुई जनाद्वारा उम्मेदवारी फिर्ता

blog

रेखीराम राना
पाल्पा, असोज २६ गते । 
प्रतिनिधिसभा र प्रदेशसभा गरी ४७ जनाले उम्मेदवारी दिएकामा दुई जनाले उम्मेदवारी फिर्ता लिनुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा गरी ४७ जनाले उम्मेदवारी दिएकामा बुधबार दुई जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उम्मेदवारी फिर्ता लिनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पाल्पा क्षेत्र नं. २ को प्रतिनिधिसभातर्फ उम्मेदवारी दिनुभएका भोजेन्द्रबहादुर केसी रहनुभएको छ ।

यस्तै, पाल्पा क्षेत्र नं. २ (ख) मा प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिनुभएका जन समाजवादी पार्टी (जसपा)का नेता राजन खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको हो ।

जिल्ला निर्वाचन अधिकारी रुम्मांगत अर्यालले दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि पाल्पामा ४५ जनाको मात्रै उम्मेदवारी कायम भएको जानकारी दिनुभयो । यसैगरी, पाल्पा क्षेत्र नं. १ बाट भने कसैको पनि उम्मेदवारी फिर्ता नभएको उहाँले जानकारी दिनुभयो ।