• ८ वैशाख २०८१, शनिबार

गुल्मीमा गठबन्धनविरुद्धका बागी उम्मेदवारी यथावत्

blog

सत्ता गठबन्धनका उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएका कांग्रेसका महासमिति सदस्य डा. दामोदर भुसाल । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, असोज २६ गते ।
गुल्मीमा सत्ता गठबन्धनका उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएका  कांग्रेसका महासमिति सदस्य डा. दामोदर भुसालको मनोनयन यथावत्र छ ।

उम्मेदवारको मनोनयन फिर्ता लिने अवधिसम्म फिर्ता नलिएकाले भुसालले उम्मेदवारी कायमै रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गुल्मी क्षेत्र नम्बर–२ मा गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (एकीकृत समाजवादी)की नेत्री  रामकुमारी झाँक्रीलाई टक्कर दिनुहुँदै नेपाली कांग्रेसका डा. दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

यस क्षेत्रमा नेपाली कांग्रेसका कार्यकर्ता २८ वर्षदेखि नेपाली कांग्रेसले विजयीको स्वाद नपाएकाले आफ्नो उम्मेदवारी पूरा गर्ने बताउनुभयो । गुल्मी जिल्लाको क्षेत्र नम्बर–२ मा अर्का स्वतन्त्र उम्मेदवार नरेन्द्र अर्यालले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । उहाँले नेपाली कांग्रेसबाट विद्रोह गरेर गुल्मी क्षेत्र नम्बर–२ को प्रदेश (ख) मा स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

उहाँले गठबन्धनका उम्मेदवारलाई सघाउँदै आफ्नो उम्मेदवारी फिर्ता लिएको बताउनुभएको छ ।

क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा र प्रदेशसभाका तीन पदका लागि ३१ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।