आठ जनाद्धारा स्वतन्त्र उम्मेद्वारी

शिवराज ढुंगाना

अछाम, असार ५ गते । प्रधानमन्त्री शेरबहादुर देउवाका पुराना साथी सुरेन्द्र विष्टले कमलबजार नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । कांग्रेस जिल्ला र केन्द्र समेतले धोका दिएको भन्दै स्वतन्त्र उम्मेद्वारी दर्ता गरेका हुन् । २०२७ सालमा नेविसंघ स्थापना हुँदा संस्थापक सदस्यसमेत रहेका सुरेन्द्र देउवासंगै जेल बसेका थिए । नेपाली कांग्रेस निकट नेपाल किसान संघका जिल्ला अध्यक्ष ललितबहादुर कुँवरले साँफेबगर नगरपालिकामा मेयर पदमा उम्मेद्वारी दर्ता गरेका छन् ।
सशस्त्र द्धन्द्धमा आफ्नो घरबाट लुटिएर विस्तावित हुँदापनि लामो समयसम्म कांग्रेसमा योगदान पुर्याएका कारण सुरेन्द्रलाई अछाम कांग्रेसले कमलबजार नगरपालिकाको प्रमुखमा सिफारिस गरेको थियो । अन्तिममा उनको सिफारिस उल्ट्याएर नेपाली कांग्रेस केन्द्रले ओमप्रकाशन विष्टलाई टिकट दिइएको थियो । साँफेबगर नगरपालिकाको तीन वटा वडामा, कमलबजार नगरपालिकाको २ वटा वडामा ढकारी गाउँपालिकाको एक वडामा स्वतन्त्र उम्मेद्वारी दर्ता भएको छ ।

एक नगरपालिका र दुई गाउँपालिकामा तालमेल

चार नगरपालिका र छ गाउँपालिका रहेको अछाममा मंगलसेन नगरपालिका, बान्नीगढी जयगढ र मेल्लेख गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेर मनोनयन दर्ता गरेका छन् । मंगलसेन नगरपालिकामा कांग्रेसका चन्द्रप्रसाद ढुंगाना मेयर र माओवादी केन्द्रकी रोहिना भण्डारी उपमेयर, बान्नीगढी जयगढमा कांग्रेसका राजेन्द्र खड्का अध्यक्ष र माओवादीका केन्द्रका लोकेन्द्र साउँद उपाध्यक्ष र मेल्लेख गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट लोकबहादुर बोहरा अध्यक्ष र कांग्रेसका धनबहादुर शाह उपाध्यक्षमा उम्मेद्वाी दर्ता गरेका सम्बद्ध निर्वाचन अधिकृतले जानकारी दिएका छन् । नेकपा (एमाले) भने एक्लैैले १० वटै तह र ९१ वटै वडामा उम्मेद्वारी दर्ता गरेको छ । सम्बद्ध दलले साउँद र शाहलाई त्यस गाउँपालिकामा अध्यक्ष पदमा टिकट दिएको थियो ।
दोश्रो चरण अन्र्तगत अछाम जिल्लाका १० वटै स्थानीय तहमा दलहरुले बाजागाजा सहित उल्लासमय तरिकाले मनोनयन पत्र दर्ता गरेका छन् । मनोनयन पत्र दर्ता गर्ने बेला जिल्लामा कुनै अप्रिय घटना नभएको प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिनुभयो । जिल्लमा सम्भावित घटना नहोस भनि व्यापक रुपमा सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो । मनोनयन दर्तामा रुजु गर्नुपर्ने आवश्यक कर्मचारीको व्यवस्था हुन नसक्दा केही ढिलासम्म उम्मेद्वारी दर्ता गर्नुपरेको थियो ।
अछाम जिल्लामा २० जना प्रमुख तथा उपप्रमुख र ९१ वडाबाट चारसय ५५ जनप्रतिनिधि निर्वाचित हुनेछन् । यस्तै दलित महिला र खुल्ला महिलामा ९१÷९१ जननिर्वाचित हुनेछन् । अछाममा १ लाख २७ हजार ७ सय ४२ मतदाता रहेकोमा १ सय ८५ मतदान केन्द्र रहेका छन् । निर्वाचनपछि हुने प्रत्येक नगर सभाले तीन जना र गाउँ सभाले दुइ जना अल्पसंख्यक, अपांगता भएका सीमान्तकृत समुदाय मध्येबाट जनप्रतिनिधिहरु चुन्नुपर्ने व्यवस्था रहेको छ । अछाममा गाउँसभाले १२ जना र नगरसभाबाट १२ थपिएका जनप्रतिनिधि जोड्दा चारसय ९९ जनप्रतिनिधि हुनेछन् । अछाम जिल्लामा एकलाख २७ हजार सातसय ४२ मतदाताले एकसय २९ मतदानस्थलमा मतदान गर्नेछन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना