• १३ वैशाख २०८१, बिहिबार

अर्थमन्त्री शर्मा अमेरिकामा

blog

अर्थमन्त्री जनार्दन शर्मा । फाइल तस्बिर

वाशिङटन डिसी, असोज २६ गते । अर्थमन्त्री जनार्दन शर्मा विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन मङ्गलबार साँझ अमेरिकाको राजधानी वाशिङटन डिसी आइपुग्नुभएको छ ।

अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलगायत दूतावासका प्रतिनिधिहरू पुग्नुभएको थियो । अमेरिकाको राजधानी वाशिङटन डिसीमा यही अक्टोबर १० देखि सुरु भएको विश्वबैंकको वार्षिक बैठक यही १६ तारिखसम्म जारी रहनेछ ।

अर्थमन्त्री शर्माको नेतृत्वमा विश्वबैंकको बैठकमा सहभागी हुन नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, अर्थ सचिव कृष्णहरि पुष्करसहित अर्थ मन्त्रालय तथा राष्ट्र बैङ्कका उच्च अधिकारीहरू डिसी आइपुग्नुभएको छ ।

अर्थमन्त्री शर्माले बुधबार विश्व बैंक भोटिङ ग्रुपको बैठकमा सहभागिता जनाउनाका साथै विश्वबैंकको विभिन्न मन्त्र स्तरीय सत्रहरूमा सहभागी हुनुहुनेछ । उहाँले अमेरिकी सहयोग नियोगका उच्च अधिकारीसँग भेटघाट गर्ने, विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च पदाधिकारीहरूसँग पनि छलफल गर्नुहुने कार्यक्रम रहेको डिसीस्थित नेपाली दूतावासले जनाएको छ ।

उता सोमबार नै यहाँ आइपुग्नुभएका नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले भने बैठकका विभिन्न सत्रमा नेपालका तर्फबाट सहभागिता जनाउनुभएको छ ।