• १६ चैत २०८०, शुक्रबार

अवैध काठसहित एक पक्राउ

blog

अवैध काठसहित पक्राउ परेका खगेन्द्रप्रसाद दाहाल । तस्बिर : इलाका प्रहरी कार्यालय झिलझि

झापा, असोज २६ गते । अवैध काठसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले झापा शिवसताक्षी नगरपालिका–१ धरमपुर चौक बस्ने खगेन्द्रप्रसाद दाहाललाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता वसन्त पाठकले दाहालको घरमा अवैध रुपमा लुकाई छिपाई राखेको सखुवा जातको चिरान काठ अं. ७२.६३ क्यु.बि.फेला परेको जानकारी दिनुभयो ।

प्रवक्ता पाठलेका अनुसार दाहाललाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय चन्द्रगढी झापा पठाइएको छ ।