• ८ वैशाख २०८१, शनिबार

खोलाले बगाउँदा एकको मृत्यु

blog

फाइल तस्बिर

गणेश खनाल
अर्घाखाँची, असोज २६ गते ।
अर्घाखाँचीमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । छत्रदेव गाउँपालिका–३ का ६५ वर्षीय धनबहादुर घर्तीलाई स्थानीय बेङ्दि खोलाले बगाउँदा मृत्यु भएको हो ।

गोरु चराउनका लागि खोला तर्ने क्रममा घर्तीलाई बगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख मुकुन्द रिजालले जानकारी दिनुभयो ।

खोलाले बगाएर बेपत्ता हुनुभएका घर्तीको खोजतलास गर्दा घटनास्थलदेखि १० किलोमिटर तल धोबीघाटमा शव फेला परेको प्रहरीको भनाइ छ ।