चारवटा मूर्ति अमेरिकाबाट फर्काइयो

murtiकाठमाडौँ, असार ५  गते ।  विभिन्न समयमा नेपालबाट अमेरिका पु¥याइएका धातुका चार मूर्ति नेपाल फर्काइएका छन् ।  अमेरिकी नागरिक लिरोइ एलिन एअरइनरिकको व्यक्तिगत सङ्ग्रहमा रहँदै आएका ती मूर्ति उहाँकै इच्छापत्रबमोजिम उहाँका वकिल जोन म्यागले नेपाल सरकारलाई फिर्ता गर्नुभएको हो ।  
नेपाल फर्काइएका मूर्तिहरूमा १५औँ शताब्दीका मारविजयको बुद्ध, स्थानक अमोघपास लोकेश्वरको मूर्ति, १६औँ शताब्दीका स्थानक अमोघपास लोकेश्वर र १७औँ शताब्दीका मञ्जुश्रीका मूर्तिहरू रहेको पुरातŒव विभागले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।  ती मूर्तिहरू ढलौट, काँस र तामाको मिश्रणबाट बनेका र सुनका जलप लगाइएका छन् ।  
ती मूर्ति कहाँ थिए र कसरी अमेरिका पुगे भन्ने विषयमा भने हाल कुनै जानकारी नभएको पुरातŒव विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।  ती मूर्ति कहिले कहाँबाट हराएका हुन् र हराएको विषयमा कुनै निवदेन परे नपरेको सम्बन्धमा अनुसन्धान अगाडि बढाइने पनि उहाँले बताउनुभयो ।  
त्यस्तै मूर्ति सङ्ग्रह गरेर राख्ने व्यक्तिका बारेमा पनि थप जानकारी विभागसँग छैन ।  ती मूर्तिका सम्बन्धमा जोन म्याग २२५, वेस्ट ८६औँ स्ट्रिट काउन्सिलर एट ल न्युयोर्कबाट विभागमा गत मे ३० मा पत्र प्राप्त भएपछि फिर्ता ल्याउने प्रयास थालिएको थियो ।  कार्गो कम्पनी डीएचएल इनभ्वाइसले ती वस्तुको मूल्य १० हजार अमेरिकी डलर राखेकोमा अर्थ मन्त्रालयले उक्त मूल्य छुट गराएर मूर्ति फिर्ता ल्याइएको महानिर्देशक दाहालले बताउनुभयो ।  
सन् ७० को दशकमा नेपाल युनेस्कोको सदस्यराष्ट्र भएपछि इलिसिट ट्रफिकिङ अभिसन्धिमा हस्ताक्षर गरेपछि अवैध रूपमा नेपालबाट बाहिरिएका ऐतिहासिक वस्तु फिर्ता गराउन सहज भएको विभागले जनाएको छ ।  
यसअघि पनि विभागले नेपालबाट चोरी भएर बेलायत पुगेको हस्तलिखित ग्रन्थ मार्कण्डेय पुराण फिर्ता गरेको थियो ।  त्यस्तै बेलायतबाट नै १५ भन्दा बढी ऐतिहासिक वस्तुहरू, अस्ट्रियाबाट दुईवटा, अमेरिकाबाट चारवटा र डोल्पाबाट हराएर तिब्बत पुगेका केही बुद्धका मूर्ति नेपाल फर्काइएको बताइएको छ ।  

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना