• १६ चैत २०८०, शुक्रबार

त्रिशूलीमा खस्यो ट्रक

blog

बसन्त पराजुली 

भरतपुर असोज २६ गते । गए मध्यरातमा मालवाहक ट्रक त्रिशूलीमा खसेको छ । चितवन इच्छाकामना गाउँपालिका वडा नम्रब ३ स्थित  मौवाखोला नजिक पृथ्वी राजमार्गवाट ट्रक त्रिशूलीमा खसेको हो ।

धादिङबाट मुग्लिङतर्फ आउँदै गरेको प्र.३(०१००६ ख १३८२) नं को तरकारी लोड मिनी  ट्रक आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल दुर्घटना भएको प्रहरी कार्याल चितवनका प्रहरी नायब उपरिक्षक विजय पण्डितले जानकारी दिनुभयो । 

सो दुर्घटनामा परी  ट्रक चालक धादिङ बेनिघाट रोराङ गा.पा. ९ बस्ने वर्ष २६ को दिपेश तामाङकाे टाउकोमा चोट लागेको छ । उहाँको अहिले भरतपुरमा उपचार भइरहेको छ ।  यस्तै अर्का घाइते सहचालक वर्ष २० का आकाश चेपाङलाइ सामान्य चोट लागेकोले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  मिनी ट्रक घटनास्थलमा रहेको, बाटो अवरुद्ध नभएको पनि प्रहरीले जनाएको छ ।