• ४ वैशाख २०८१, मङ्गलबार

पहिरोमा परी गम्भीर घाइतेको तीन दिनपछि हेलिकोप्टरबाट उद्धार

blog

पहिरोमा परी गम्भीर घाइतेको हेलिकोप्टरबाट उद्धार गरिँदै । तस्बिर : गोरखापत्र

राजन रावत

हुुम्ला, असोज २६ गते । छुट्टा छुुट्टै दुुई स्थानमा पहिरोमा परी गम्भीर घाइते भएका चार जनाको हेलिकोप्टरबाट उद्धार भएको छ । सुुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर उद्धार गर्ने प्रयास गरेको भए पनि खराब मौसमको कारण हेलिकोप्टरले अवतरण गर्न नसकेपछि मङ्गलबार हुन नसकेको उद्धार कार्य बुधबार बिहानै  भएको हो  ।

पहिरोमा परी शरीरमा गम्भीर चोट लागेको कारण स्थानीय स्तरमा उपचार हुन नसक्ने भएपछि घाइतेलाई लामो प्रयासपछि बुुधबार हेलिकोप्टरबाट बिहानै उद्धार भएकोे छ । प्रमुख जिल्ला अधिकारी सीता परियारले तीन दिन अगाडि पहिरोमा परि घाइते भएका चार जनाको हेलिकोप्टरबाट उद्धार कार्य भएको बताउनुुभयो । 

पहिरोबाट घाइते भएकाहरुमा ताँजाकोट गाउँपालिका–५ को मदाना गाउँका सात वर्षका बालक केशव परियार र चङ्खेली गाउँपालिका–६ को मासीधार गाउँका ३८ वर्षका देउच्या सार्की, ३६ वर्षकी अंगती सार्की र १४ वर्षकी मनिका सार्की  हुनुहुन्छ । 

घाइते चारै जनालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको अवस्थामा थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गर्न खोजिएको थियोे । घाइते चारै जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

ती घाइतेहरुको सोमबारदेखि उद्धार गर्ने प्रयास गरेको भए  पनि खराब मौसमको कारण हेलिकोप्टर अवतरण गर्न नसकेपछि हुन सकेको थिएन । त्यसैगरि मङ्गलवार सुुर्खेतबाट उद्धारका लागि आएको हेलिकोप्टरले घाइते रहेको चंखेली गाउँपालिका वडा नम्बर ६ को मासीधारामा अवतरण गर्न नसकेपछि मुगुको गमगढी फिर्ता भएको थियो । 

मासीधारामा हेलिले अवतरणका लागि धेरै फन्को मारेको भए पनि मौसम राम्रो नभएको कारण ल्याण्ड गर्न नसकेको हो । मासीधारा पहिरोमा परी एकाघरका चार जनाको मृत्युु भएको थियो भने पाँच जना घाइते भएका थिए । 

सो घटनामा परि घाइते भएका मध्य दुुई जना १२ वर्षकी निरुता सार्की र ती वर्षको तवेन्द्र सार्कीको स्थानीय स्तरमै उपचार गरिएपछि निको भएका छन् । घाइतेको उद्धारको व्यवस्था कर्णाली प्रदेश सरकारले गरेको हो । गम्भीर घाइतेहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पहिरोपीडित परिवारलाई राहत सामग्री हेलिकोप्टरमा ढुवानी गरिएको थियो ।