अपडेटः रारालीमा बस दुर्घटना, १८ जनाको मृत्यु, १५ जना घाईते

बिस्नप्रसाद न्यौपाने

कालिकोट चैत २ गते । कर्णाली राजमार्ग अन्तरगतको जुम्ला–सुर्खेत सडक खण्डमा पर्ने जुुम्लाको रारालीमा बस दुर्घटना हुदा  १८ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । जुम्लाबाट कालिकोट नाग्मा बजारका लागि छुटेको कर्णाली यातायात समितिको ना ४ ख ४९७० नम्बरको यात्रुबाह बस जुम्ला जिल्लाको रारालीमा दुर्घटना हुँदा हालसम्म  १८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लालाई उद्रित गर्दै जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा १५ जना घाईते भएका छन् भने एक जनालाई सकुशल उद्धार गरिएको छ । घाईतेहरुको उपचारका लागि जिल्ला अस्पताल जुम्लामा लगिएको छ । थप बिबरण भने आउन बाँकी छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना