मिर्गौला बिक्रेता परिवारका बालबालिकाको शिक्षामा लगानी

बनेपा, चैत २ गते । गरिबीका कारण काभ्रेपलाञ्चोकमा मिर्गौला बेचबिखन गर्न बाध्य परिवारका बालबालिकालाई शिक्षामा लगानी गर्न थालिएको छ ।

“पीडित परिवारको अवस्था अत्यत्न चिन्ताजनक भएकाले हामीले शिक्षाबाट सहयोग पु¥याउने उद्देश्यले यसमा लगानी गर्न लागेका हौँ”–गैरसरकारी संस्था जनअधिकार संरक्षण मञ्च (पिपिआर) काभ्रेपलाञ्चोक संयोजक कृष्णप्यारी नकर्मीले भन्नुभयो । ज्याम्दी गाविसमा रहेका पीडित परिवारका १० बालबालिकालाई विद्यालय झोलासहित पाठ्य सामग्री वितरण गरिएको छ । ती स्थानीय बाग्देवी उच्चमाध्यमिक विद्यालयमा अध्यनरत छन् ।
उहाँले एसिया फाउन्डेसन र युएसएडको सहयोगमा शिक्षाका लागि तत्काल रु तीन हजारदेखि पाँच हजारसम्म लगानी भएकोे बताउँदै शिक्षाका लागि पीडित परिवारका लागि आउने सो रकम बढाइने र जिल्लाको होक्से, जैसिथोकलगायतका मिर्गौला बेच्न बाध्य पीडित परिवारका बालिबालिकालाई पनि शिक्षामा सहयोग गरिने जानकारी दिर्नभयो ।
यसअघि जिल्लामा विभिन्न गाविसका चार बालबालिकालाई छात्रवृत्तिसमेत प्रदान गरिएको छ । ज्याम्दी, जैसीथोक, काभ्रेलगायत गाविसमा स्थानीय बासिन्दाले जीविकोपार्जनका लागि मिर्गौला बेचबिखन गर्दै आएका छन् । केही वर्षअघि ‘बैंक अफ किड्नी’ भनेर देशविदेशमा प्रचारमा ल्याइएको काभ्रेपलाञ्चोकमा २० वर्षअघिदेखि मिर्गौला बेचबिखन भएको जनाइएकोे छ । पिपीआरले गरेको प्रारम्भिक अनुगमनमा काभे्रका ३०० ले मिर्गौला बेचेको तथ्याङ्क छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना