• ८ वैशाख २०८१, शनिबार

राष्ट्रपति भण्डारीलाई शिक्षण अस्पतालबाट भोलि डिस्चार्ज गरिने

blog

राष्ट्रपति विद्यादेवी भण्डारी । फाइल तस्बिर

काठमाडौं, असोज २४ गते । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भोलि (मङ्गलबार) त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले उपचाररत राष्ट्रपति भण्डारीलाई भोलि डिस्चार्ज गरिने जानकारी दिनुभएको हो ।

राष्ट्रपति भण्डारीको स्वास्थ्य अवस्था आज (सोमबार) को जस्तै स्वास्थ्य अवस्था रहेमा भोलि डिस्चार्ज गर्न सकिने जानकारी उहाँले दिनुभयो ।

राष्ट्रपति भण्डारी अवस्थामा अपेक्षाकृत सुधार देखिनुका साथै ज्वरो लगायत स्वास्थ्यका अन्य सूचकाङ्कहरू सामान्य छ । यदि यही अवस्था कायम रहेमा सम्भवतः भोलिसम्म अस्पतालबाट डिस्चार्ज गर्न सकिन्छ अस्पतालद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

सूचना अधिकारीका अनुसार आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाई आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा राष्ट्रपतिलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सोही समय उहाँको डेंगु पनि परीक्षण गरिएको थियो भने त्यसको रिपोट नेगेटिभ आएको अधिकारीले बताउनुभयो । राष्ट्रपति भण्डारीलाई शिक्षण अस्पतालको एनेक्स २ को डिलक्स क्याबिन नं ६०१ मा राखेर उपचार गरिएको छ ।

खोकी तथा ज्वरोका कारण शरीरमा कमजोरी महसुस भएपछि भण्डारी शनिबार शिक्षण अस्पताल भर्ना हुनुभएको थियो ।