• १२ वैशाख २०८१, बुधबार

चीनमा ८३.४ मिटरको रुख सबैभन्दा अग्लो

blog

साङ्घाइ, असोज २४ गते । चीनमा रहेका मध्ये ८३.४ मिटर अग्लो रुख नै सबैभन्दा अग्लो रुख भएको दाबी गरिएको छ । अनुसन्धानकर्ताहरुको वैज्ञानिक अनुसन्धानले देशभरकै सबैभन्दा अग्लो रुखसम्बन्धी विवरण आइतवार सार्वजनिक गरेको हो ।

साङ्घाइ चेन्शन बोटानिकल गार्डेनले देशभरि रहेका रुखहरुमध्ये त्यही रुख नै सबैभन्दा अग्लो देखिएको जनाएको छ । कीर्तिमानी सो सबैभन्दा अग्लो रुखको नाम “अबिज एर्नेस्ती वर सालौएनेन्सीस” राखिएको छ । 

चीनको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने पहाडी भूभाग तिब्बत स्वशासित क्षेत्रमा सो रुख रहेको जनाइएको छ ।  यो सबैभन्दा अग्लो रुखको पहिचान पहिलो पटक गत मे महिनामा गरिएको थियो । चिनियाँ विज्ञान प्रतिष्ठानअन्तर्गतको इस्ष्टिच्युड अफ बोट्नीले सुरुमा त्यसको पहिचान गरेको हो । त्यही रुख नै देशभरिको सबैभन्दा अग्लो रुख हो भन्ने कुराको दोस्रो पटक गत अगस्टमा पुष्टि गरिएको थियो ।

सबैभन्दा अग्लो रुख पहिचान गर्न ड्रोनको प्रयोग गरिएको थियो । त्यस रुखको मोटाइ भने दुई सय ७ सेन्टीमिटर छ । यो रुख तीन सय ८० वर्ष पुरानो भएको पनि दाबी गरिएको छ । रासस/सिन्ह्वा