• ७ वैशाख २०८१, शुक्रबार

चट्याङ लागेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु

blog

सिराज खान 

नेपालगञ्ज, असोज २४ गते । चट्याङ लागेर गम्भीर घाइते हुनुभएका बाँके बैजनाथ गाउँपालिका ३ बनखेतका एक जना वृद्धको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतबार दिउँसो १२.२६ बजेको समयमा बैजनाथ गाउँपालिका ३ बनखेतस्थित आफ्नो घरदेखि दुई किलोमिटर उत्तरतर्फ गोठालो जानुभएका ६८ वर्षीय कालिबन बस्नेत चट्याङ परी गम्भीर घाइते अवस्थामा भेटिनुभएको थियो । 

घाइते बस्नेतलाई तत्काल उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा पु¥याइए पनि उहाँको अवस्थामा सुधार नआएपछि आइतबार साँझ साढे ७ बजे नेपालगञ्ज नर्सिङ होममा रेफर गरिएको थियो । 

बस्नेतको बिहान ४ बजे मृत्यु भएको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले बताउनुभयो ।