मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्ययोजना बनाएर अगाडि बढ्ने


काठमाडौँ, मङ्सिर १६ गते । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानव बेचबिखन तथा ओसारपसारविरुद्ध आयोग नितान्त सम्वेदनशील रहेको बताउनुभएको छ ।
मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्यरत सरोकारवाला गैरसरकारी संस्थाहरूसँग आयोगमा आयोजित छलफलमा कार्यक्रममा अध्यक्ष शर्माले सो कुरा बताउनुभएको हो ।
उहाँले आपूmहरू आयोगको छ वर्षीय रणनीतिक कार्ययोजना तयार गर्ने क्रममा रहेको जानकारी दिँदै साझेदार निकायहरूसँगको सल्लाहमा मानव बेचबिखन तथा ओसारपसारविरुद्ध कार्ययोजना बनाएर अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा आयोगका सदस्य एवम् प्रवक्ता मोहना अन्सारीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका क्षेत्रमा धेरै चुनौती रहेको भन्दै सबै सरोकारवाला निकायहरूसँगको सहकार्य र समन्वयबाट विद्यमान चुनौतीसँग जुध्न सहज हुने धारणा व्यक्त गर्नुभयो ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने दिशामा सरोकारवाला निकायहरूबाट प्राप्त सुझावहरू आयोगले बनाउन लागेको रणनीतिक योजनाका लागि मागदर्शक बन्ने भनाइ अन्सारीको छ ।  
कार्यक्रमका सहभागीहरू मानव बेचबिखन तथा ओसारपसारबाट पीडित भएकाहरूसँग सरकारी वकिल तथा प्रहरीले बयान लिने शैली मानव अधिकारमैत्री नभएको तथा यस्ता व्यक्तिप्रति सबै सञ्चारमाध्यमहरू अभैm चाहे जति सम्वेदनशील नभएको बाह्य बेचविखन तथा ओसारपसारमा परेका महिलालाई उद्धार गर्ने नाममा सिमाना ल्याएर छोडिदिने गरेको बताउनुभयो ।
उहाँहरूले बाह्य बेचविखन तथा ओसारपसारमा परेका महिलालाई उद्धार गर्ने नाममा सिमाना ल्याएर छोडिदिने गरेको, उनीहरूको पुनःस्थापना र जीवनयापनका पर्याप्त पूर्वाधार तयार नभएको, शहरी क्षेत्रमा रहेका डान्स बार, मसाज पार्लर तथा रेष्टुराँमा कार्यरत महिला चौतर्फी शोषणमा परेको, कानुनमा भएको खोटका कारण मानव बेचबिखन तथा ओसारपसारमा लागेका व्यक्ति कानुनी कारबाहीबाट सजिलै उम्कने गरेको जस्ता समस्या अघि सार्नुभयो ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणका विद्यमान कानूनको परिभाषालाई नै पुनःविचार गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना