बसको ठक्करबाट दुईको मृत्यु

विराटनगर, चैत २ गते । यात्रुवाहक बसको ठक्करबाट आइतबार साँझ दुई महिलाको मृत्यु भएको छ । डाइनिया–२ को काजीपार बस्ने ६५ वर्षीया जानकीदेवी साह र १५ वर्षीया बुधनीदेवी साहको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । डाइनियाबाट पथरी जाँदै गरेको को१ख २१५१ नंको बसले काजीपारमा मोटरसाइकललाई जोगाउने क्रममा सडक किनारमा बसेकी ती दुई महिलालाई बसले ठक्कर दिएपछि सो घटना भएको हो ।

जानकीदेवी साहको काखमा रहेकी छ महिनाकी बालिकासमेत घाइते भएको र उनको हात भाँचिएको बताइएको छ । बससहित चालक प्रहरीको नियन्त्रणमा छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना