नेपाल वायु सेवा निगमका महाप्रबन्धक खरेलको राजीनामा

 

काठमाडौँ, १ चैत । नेपाल वायु सेवा निगमका महाप्रबन्धक मदन खरेलले स्वास्थ्य समस्या देखाउँदै आफ्नो पदबाट आज राजीनामा दिनुभएको छ । 

सार्वजनिक संस्थान निर्देशन बोर्डको सिफारिसमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त हुनुभएका खरेलले निगम सञ्चालक समितिमार्फत सरकार समक्ष राजीनामा बुझाउनुभएको हो । 

निगमका प्रवक्ता रामहरि शर्माले महाप्रबन्धक खरेलले राजीनामा दिनुभएको जानकारी दिनुभयो । ‘‘स्वास्थ्य समस्या देखाउँदै राजीनामा दिनुभएको छ अरु विषय के हो त्यो जानकारीमा रहेन’’, प्रवक्ता शर्माले भन्नुभयो । 

वायु सेवा निगमलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित खरेलले २०६९ साल मङ्सिरमा कार्यकारी महाप्रबन्धकका रुपमा कार्यभार सम्हाल्नुभएको थियो । खरेलको राजीनामा एक महिनापछि मात्रै कार्यान्वयनमा आउने बताइएको छ । 

खरेलले राजीनामा दिनुभएपछि निमित्त महाप्रबन्धकको जिम्मेवारी वरिष्ठ निर्देशक रमेशबहादुर शाहलाई दिइएको छ । खरेलकै कार्यकालमा निगमले ३२०–२२० सिरिजको एयरबस जहाज भित्र्याएको थियो भने चीन सरकारले अनुदानमा दिएको एमए ६० र वाई १२ जहाज पनि आएको थियो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना