कलाकार प्रधानलाई आर्थिक सहयोग

काठमाडौँ, जेठ २२ गते  । भोजन नलीमा भएको अर्बुद रोगका कारण ललितपुर, हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारार्थ कलाकार सुरेन्द्र प्रधानको उपचारका लागि ललितकला हातेमालो अभियानले आज रु ५१ हजार आर्थिक सहयोग गरेको छ । 

अभियानका मुख्य संयोजक शान्तकुमार राई तथा संयोजक नरेन्द्रबहादुर श्रेष्ठ र रमेश खनाल एवं प्राज्ञ ज्योतिप्रकाश विक आज अस्पताल गई उहाँलाई सो रकम हस्तान्तरण गर्नुभयो ।
हाल महाराजगन्जमा बसोबास गर्नुभएका चौवन्न वर्षीय प्रधान गत १५दिनदेखि अस्पतालमा उपचाररत हुनुहुन्छ । आज उहाँलाई पहिलो किमो दिइएको छ । घनवाद र इलुस्टे«सन आर्टमा क्रियाशील प्रधानले भारत बम्बईस्थित जेजे स्कुल अफ आर्टबाट चित्रकलामा स्नातक उत्तीर्ण गर्नुभएको छ । अभियानले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आर्थिक सहयोगका लागि कलाकारलगायत सबैसँग आह्वान गरेको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds