• ८ वैशाख २०८१, शनिबार

सेवा सुविधाको रकमले असहायलाई पोशाक

blog

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल । फाइल तस्बिर

अविनाश चौधरी

धनगढी, असोज १४ गते। धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले सेवा सुविधावाफत प्राप्त हुने तीन महिनाको रकम बालबालिकाको पोशाकमा खर्चने घोषणा गर्नु भएको छ। 

उहाँले साउन, भदौ, असोज र पर्व खर्चवाफत प्राप्त हुने दुई लाख ६७ हजार आठ सय रुपियाँ असहाय बालबालिकाको पोशाकमा खर्चने जनाउनु भएको हो। 

मेयरले पाउने कुनै पनि सेवा सुविधा आफूले नलिने घोषणा गर्नु भएका उहाँले दशैंको अवसर पारेर धनगढीको विभिन्न विद्यालयमा अध्ययनरतसहित सामाजिक संस्थामा आश्रित गरेर २६९ जनालाई पोशाक किनिदिने बताउनु भएको छ। 

मेयर हमालले दक्षिणकाली अधारभूत बहिरा विद्यालय बेलाका १०५ जना विद्यार्थी, मानव सेवा आश्रममा रहेका ५६ जना, आमाको माया छात्रावासमा रहेका ३० जना, गेटा अपाङ्ग समाजका पाँच जना र  पञ्चोदय माविमा अध्ययनरत १८ जना दृष्टिबिहीन विद्यार्थीलाई पोशाक किनिदिने बताउनु भएको छ। यस्तै, दृष्टि फाउन्डेसनका ५५ जना आश्रितलाई पनि नयाँ पोशाक दिने उहाँले उल्लेख गर्नु भएको छ।