• १३ वैशाख २०८१, बिहिबार

नवौँ राष्ट्रिय खेलकुदको समापन प्रधानमन्त्री देउवाले गर्ने

blog

प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रणा पत्र प्रदान गर्नुहुँदै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज । तस्बिर : राखेप

काठमाडौं, असोज १३ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवालाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौँ राष्ट्रिय खेलकुद –२०७९ को समापन कार्यक्रमका लागि  निमन्त्रणापत्र बिहीबार प्रदान गरिएको छ ।

राखेपका अध्यक्ष युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री देउवालाई कात्तिक ३ गते पोखरा रङ्गशालामा हुने नवौँ राष्ट्रिय खेलकुदको समापन कार्यक्रमको प्रमुख अतिथिका लागि निमन्त्रणा पत्र प्रदान गर्नुभएको हो । 

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ पनि उपस्थिति हुनुहुन्थ्यो । त्यस अवसरमा मन्त्री गहतराज र सदस्य सचिव घिसिङले प्रधानमन्त्री देउवालाई नवौँ राष्ट्रिय खेलकुदको तयारीका बारेमा जानकारी गराउनु भएको थियो । 

नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई असोज ११ गते निमन्त्रणा पत्र प्रदान गरिसकिएको छ ।