वार्ताबाट नै समस्याको समाधान खोजिनुपर्दछ

 

Upendra Yadavवीरगन्ज (पर्सा), फागुन  ३० गते । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ता र सहमतिबाट नै मुलुकको राजनीतिक समस्या समाधान होस् भन्ने पक्षमा आफूहरु रहेको बताउनुभएको छ ।

मधेसी पत्रकार समाज, पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्ना धारणाहरु राख्दै अध्यक्ष यादवले वार्ताका लागि भने खासै ठोस प्रयास र पहल नभइरहेको बताउनुभयो ।

उहाँले आफूहरु सार्थक र परिणाममुखी वार्ताको पक्षमा रहेको बताउँदै दलहरुका बीचमा सहमति नभए आन्दोलनमा उत्रने चेतावनी दिनुभयो ।

अध्यक्ष यादवले भन्नुभयो, ‘‘विगतमा भएका सबै सहमतिहरु कार्यान्वयन हुनुपर्दछ । विगतको सहमति कार्यान्वयनबिना वार्ताको पनि औचित्य छैन ।’’

जातीय, भाषिक र भूगोलको आधारमा सङ्घीयता स्थापना गर्नुपर्नेमा जोड दिंदै उहाँले सङ्घीयता वा कुनै पनि विषयमा जनमत सङ्ग्रह गर्नुको अर्थ नहुने हुँदा यसले मुलुकलाई बर्बाद पार्ने टिप्पणी गर्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना