• १३ वैशाख २०८१, बिहिबार

दाङमा एम्बुलेन्स दुर्घटना, चालक घाइते

blog

साङ्केतिक तस्बिर

लीलाधर वली

घोराही, असोज १३ गते । दाङमा एम्बुलेन्स दुर्घटना हुँदा चालक घाइते भएका छन् । रोल्पाको होलेरीबाट घोराहीतर्फ आउने क्रममा एम्बुलेन्स घोराही उपमहानगरपालिका–१९ च्यानगैरामा दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका हुन्  । 

आज बिहीबार रा १ च ६९२ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका –६ निवासी ३४ वर्षीय भूपबहादुर वली गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । रोल्पाको होलेरीबाट घोराहीतर्फ आउँदै गरेको एम्बुलेन्स च्यानगैरामा दुर्घटनामा परेको थियो । 

एम्बुलेन्स सडकदेखि करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार चालकलाई टाउको, हात, खुट्टामा चोट लागेको छ । 

घाइते चालकको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । एम्बुलेन्समा चालक मात्रै भएकाले अन्य क्षति नभएको प्रहरीले जनाएको छ ।