• ८ वैशाख २०८१, शनिबार

पाल्पामा निःशुल्क डेंगुको परीक्षण

blog

रेखीराम राना
पाल्पा, असोज १३ गते ।
 डेंगु सङ्क्रमण तीव्र बनेपछि पाल्पामा डेंगुको निःशुल्क परीक्षण सुरु भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिकाले डेंगु सङ्क्रमणको परीक्षण निःशुल्क सुरु गरेको हो । डेंगुको सङ्क्रमणको लक्षण देखिएका बिरामीको निःशुल्क परीक्षण गर्न सुरु गरिसकेको पालिकाले जनाएको छ । 

डेंगुको नियन्त्रणलाई प्रभावकारी बनाउन परीक्षण निःशुल्क बनाइएको दुई पालिकाले जनाएको छ । पालिकाभित्रका कोही पनि नागरिकसँग रकम अभावले डेंगु परीक्षण गर्नबाट वञ्चित नहोउन् भनेर परीक्षणलाई निःशुल्क बनाइएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । लक्षण देखिएका सबै नागरिकले डेंगु सङ्क्रमणको परीक्षण गरे यसको नियन्त्रण प्रभावकारी हुने अध्यक्ष कार्कीको भनाइ छ ।

पालिकाले निःशुल्क परीक्षण गरेपछि ग्रामीण क्षेत्रमा विपन्न नागरिकको समेत डेंगु सङ्क्रमणको उपचारका प्रभावकारिता आउने र सम्भावित मृत्यु समेत रोक्न सकिने पालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताउनुभयो ।

रिब्दीकोट गाउँपालिकाले खस्यौली स्वास्थ्य केन्द्रबाट डेंगुको निःशुल्क परीक्षणको व्यवस्था मिलाएको जनाएको छ । दिनहुँ उक्त स्वास्थ्य केन्द्रमा १०/१२ जना डेंगु सङ्क्रमितका बिरामी परीक्षणका लागि आउने गरेका छन् ।