• ६ चैत २०८०, मङ्गलबार

अधिकारका विषय समावेश गर्न आग्रह

blog

काठमाडौँ, असोज १३ गते । राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको सन्दर्भमा जारी गरिने घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न राजनीतिक दललाई आग्रह गरेको छ ।

आयोगले बुधबार विज्ञप्ति जारी गर्दै आसन्न निर्वाचनका लागि घोषणापत्र निर्माण गर्ने क्रममा रहेका दललाई घोषणापत्रमा मानव अधिकारको विषय समावेश गर्न आग्रह गरेको हो । आयोगले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार र आवधिक निर्वाचन समेतको माध्यमबाट समृद्ध राष्ट्र निर्माण गर्ने नेपालको संविधानको लक्ष्य रहेको तथा त्यसको कार्यान्वयनको प्रमुख जिम्मेवारी राजनीतिक दलको रहेको स्मरण गराएको छ । 

“दलहरूबाट जारी हुने निर्वाचन घोषणापत्र-प्रतिबद्धतापत्रमा मानव अधिकारको सम्मान, संरक्षण र संवद्र्धनका लागि नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन, आयोगका सिफारिस तथा नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप उच्च महìव र प्राथमिकताका साथ मानव अधिकारका विषयलाई समावेश गर्न आयोग सम्पूर्ण राजनीतिक दलहरूलाई पुनः विशेष आग्रह गर्दछ”, विज्ञप्तिमा उल्लेख छ ।

आयोगले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार र आवधिक निर्वाचनसमेतको माध्यमबाट मात्रै समृद्ध राष्ट्र निर्माण गर्ने नेपालको संविधानको लक्ष्य रहेको स्मरण गराउँदै त्यसका लागि राजनीतिक दलहरूको प्रमुख भूमिका हुनेतर्फ ध्यानाकर्षण गराएको छ ।

आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा भयरहित, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गर्न आग्रह गर्दै त्यस सम्बन्धमा आयोगले गरेका सिफारिसको कार्यान्वयनका लागिसमेत सचेत गराएको छ ।