• १३ वैशाख २०८१, बिहिबार

बुर्किना फासोमा आक्रमण : ११ सैनिकको मृत्यु, ५० सर्वसाधारण बेपत्ता

blog

उगादुगुउ, असोज १२ गते । उत्तरी बुर्किना फासोमा सोमबार भएको एक आक्रमणमा परी कम्तीमा ११ जना सैनिकको मृत्यु भएको बुर्किना फासो सरकारले मङ्गलबार प्रकाशन गरेको एक विज्ञप्तिमा जनाएको छ ।

जिबो सहरतर्फ जाँदै गरेको एक आपूर्ति समूहलाई साहेल क्षेत्रको साउम प्रान्तको गास्किन्देको कम्युननजिक आतङ्कवादीहरूले आक्रमण गरेका थिए ।

एघार सैनिकको मृत्यु भएको छ, २० सैनिकसहित २८ जना घाइते भएका छन् र करिब ५० जना सर्वसाधारण बेपत्ता भएका विज्ञप्तिमा जनाइएको छ । आक्रमणकारीहरूको खोजी जारी रहेको विज्ञप्तिमा भनिएको छ । बुर्किना फासोमा २०१५ यता सुरक्षा अवस्था बिग्रिएको छ ।

पश्चिम अफ्रिकी यस राष्ट्रमा भएका आक्रमणहरूमा एघार सय भन्दा बढी मानिसहरूको मृत्यु भएको छ । १९ लाख भन्दा बढी अन्य विस्थापित भएका छन् । रासस/सिन्ह्वा