• १३ वैशाख २०८१, बिहिबार

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

blog

१. प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार–२०७९ कसलाई प्रदान गरियो ?

हरिबहादुर थापा 

काउन्सिलको ५३औँ वार्षिकोत्सवका अवसरमा उहाँलाई सो पुरस्कार प्रदान गरिएको । 

पुरस्कारको राशि रु. एक लाख ५१ हजार रहेको । 


२. पर्सा प्राणी उद्यान (चिडियाखाना)को शिलान्यास कहिले गरिएको हो ? 

वि.सं. २०७९ असोज ६

२०७९ भदौ २७ को मन्त्रिपरिषद् बैठकले एक अर्ब एक करोड लागतमा चिडियाखाना स्थापनाका लागि स्वीकृति प्रदान गरेको थियो । 


३. २२औँ इमेज अवार्ड (२०२२)मा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित कलाकार 

को हुन् ? 

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य 


४. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी पाँच वर्ष, १० वर्ष र १५ वर्षको शैक्षिक सुधारको लक्ष्यसहित शिक्षाको सोचपत्र, २०७९ कहिले सार्वजनिक गरेको हो ? 

वि.सं. २०७९ असोज ४ 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलद्वारा सार्वजनिक गरिएको सो सोचपत्रअनुसार आगामी पाँच वर्षमा निःशुल्क तथा अनिवार्य शिक्षा कार्यान्वयन भइसक्ने, सिकाइ उपलब्धिमा २० प्रतिशत सुधार हुने, सबै शिक्षण संस्थामा न्यूनतम मापदण्ड पूरा हुनेलगायतका उद्देश्य लिइएको । 

त्यस्तै आगामी दस वर्षमा शैक्षिक गुणस्तर सुनिश्चित हुने, सिकाइ उपलब्धि ४० प्रतिशत सुधार हुने लक्ष्य तय गरिएको छ । त्यसैगरी आगामी १५ वर्षमा सबै विद्यालय समान स्तरका हुने, विद्यालय शिक्षामा अन्तर्राष्ट्रिय गुणस्तर हुने, पहिलो रोजाइको पेसा शिक्षण हुनेलगायतका उद्देश्य समावेश गरिएको । 

सोचपत्रले अगाडि सारेका उद्देश्य र लक्ष्य पूरा गर्न स्थानीय तह, प्रदेश र सङ्घलाई जिम्मेवार बनाउने उल्लेख गरिएको । यसमा शिक्षक, विद्यालय व्यवस्थापन समिति एवं पालिकाको भूमिका महŒवपूर्ण हुने । 

विद्यालयको मापदण्ड तर्जुमा गरी कार्यान्वयन गर्ने, प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा नमुना विद्यालय बनाउने, प्रत्येक पालिका, प्रदेश र राष्ट्रिय स्तरमा प्रविधिमैत्री नमुना विद्यालय स्थापना गर्ने, कक्षा १–८ र कक्षा ९–१२ का छुट्टाछुट्टै विद्यालयको अवधारणा कार्यान्वयनमा ल्याउने, विद्यालय भवनको रङ मापदण्ड (कलर कोड)) लागू गर्ने, आराम कक्षसहितको विद्यार्थी शौचालय निर्माण गर्ने, शिक्षक सेवा आयोगको वैकल्पिक तथा अस्थायी शिक्षक सूचीबाट अस्थायी शिक्षक पदपूर्ति गर्ने कानुनी व्यवस्था गरिनेलगायतका सुधारका कार्य सोचपत्रले अगाडि सारेको । 

त्यस्तै आगामी १५ वर्षभित्र उच्च शिक्षा र प्राविधिक शिक्षामा ७५ प्रतिशत विद्यार्थीको पहुँच पु¥याउने, नेपालका विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विद्यार्थी आकर्षित गर्ने, उच्च शिक्षामा एक प्राध्यापक एक अनुसन्धान अनिवार्य गर्ने, विद्यार्थीको आर्थिक भार कम गर्ने अवधारणा कार्यान्वयन गर्नेलगायतका योजना समेटिएको । 


५. गण्डकी विश्वविद्यालयले १० रणनीतिक योजना कहिले सार्वजनिक गरेको हो ? 

वि.सं. २०७९ असोज (अवधि ः सन् २०२२–२०३२)

१० वर्षे रणनीतिक योजनाभित्र आठवटा मूल्य मान्यता, १२ वटा रणनीतिक स्तम्भ, १४ वटा लक्ष्य, १४ वटा उद्देश्य, ४८ वटा कार्यगत रणनीति र १४५ वटा गतिविधि समेटिएको । 

कुलपति प्रा.डा. गणेशमान गुरुङले सैद्धान्तिक रूपमा तर्जुमा गरिएका योजनाका बुँदालाई प्रयोगात्मक बनाउँदै लैजाने उल्लेख गर्नुभएको । 


६. मुलुकका ७७ वटै जिल्लामा लागू हुने गरी सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम कहिलेबाट लागू गरिएको हो ?

वि.सं. २०७५ कात्तिक ११


७. अपराधको विशिष्टीकृत अनुसन्धानका लागि नेपाल प्रहरीमा केन्द्रीय साइबर ब्युरोको स्थापना कहिले गरिएको हो ?

वि.सं. २०७६ वैशाख २९ 

केन्द्रीय साइबर ब्युरो काठमाडौँको भोटाहिटीमा स्थापना भएको । 

त्यस्तै मानव बेचबिखनसम्बन्धी अनुसन्धानका लागि मानव बेचबिखन ब्युरोको स्थापना बबरमहलमा गरिएको । सो ब्युरोको उद्घाटन पनि सोही दिन गरिएको । 


८. नेपालमा पर्यटन सूचना केन्द्रको स्थापना कहिले र कहाँ गरिएको हो ?

वि.सं. २०७६ असार १८, ठमेल (काठमाडौँ)


९. सरकारले नयाँ स्वास्थ्य नीति कहिले सार्वजनिक गरेको हो ?

वि.सं. २०७६ असार १६ 

नयाँ स्वास्थ्य नीतिले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्ने लक्ष्य लिएको । 

नयाँ नीतिअनुसार हरेक वडामा आधारभूत स्वास्थ्य सेवा तथा प्रत्येक स्थानीय तहमा प्राथमिक अस्पताल हुने । 

नीतिले स्वस्थ तथा सुखी जीवन लक्षित सजग र सचेत नागरिक सोचलाई प्राथमिकता दिएको । 

आयुर्वेद, प्राकृतिक चिकित्सा, योग तथा होमियोप्याथिक लगायतका चिकित्सा प्रणालीलाई एकीकृत रूपमा विकास र विस्तारलाई प्राथमिकतामा राखिएको ।


१०. वाणिज्य बैङ्कहरूमा एन्टी मनी लाउन्ड्रिङसम्बन्धी कार्यक्रम ‘गो–एएमएल’ कहिलेदेखि लागू भएको हो ? 

वि.सं. २०७६ माघ १


११. मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसार विवाह गर्नका लागि कति उमेर पुगेको हुनुपर्छ ? 

२० वर्ष

सो ऐनको दफा १७३ मा बालविवाह गर्न नहुने व्यवस्था रहेको । 

विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नहुने । 

त्यसैगरी उमेर नपुगी विवाह भएमा स्वतः बदर हुने व्यवस्था ।

उमेर नपुगी विवाह गरे वा गराएमा तीन वर्षसम्म कैद र ३० हजार रुपियाँसम्म जरिवाना हुने । 


१२. भूमिसम्बन्धी विविध विषयमा जानकारी उपलब्ध गराउने उद्देश्यका साथ कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘भूमि सुशासन’ नामक एप्स कहिले सार्वजनिक ग-यो ?

वि.सं. २०७५ असार १०


१३. ब्ल्याक प्यान्थर भनेको के हो

अमेरिकी काला जातिको सङ्गठन 

(यसको पूरा रूप ब्ल्याक प्यान्थर पार्टी फर सेल्फ डिफेन्स रहेको । अमेरिकामा रहेका काला जातिहरूको हकहितका लागि यो संस्था स्थापना भएको ।) 


१४. बागवानीका एन्टी भाइरस भनी कसलाई चिनिन्छ ?

मुकुुन्द रञ्जित 


१५. दार्चुलाको छाङरूमा सशस्त्र प्रहरीको बीओपीको स्थापना कहिले भएको हो ?

वि.सं. २०७७ वैशाख ३१


१६. नेपालको पहिलो ई–भिलेज कुन हो ?

बाँकेको फत्तेपुर (२६ जेठ २०७२ मा घोषित)


१७. नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले आगामी ओस्कार अवार्ड (९५औँ, २०२३)का लागि सिफारिस गरिएको चलचित्र कुन हो ? 

ऐना झ्यालको पुतली


१८. वि.सं. २०७९ असोज ८ मा काठमाडौँमा सम्पन्न छैटौँ उज्ज्वलतारा दशैँ रन फर गुड हेल्थ दौड प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल चिकित्सक को हुनुहुन्छ ? 

डा. भगवान कोइराला

५५ वर्षमाथिका उमेर समूहको पुरुषतर्फको विधामा २७ प्रतिस्पर्धीलाई उछिन्दै कोइराला तेस्रो हुनुभएको । 

सो विधामा पुरुषतर्फ ज्ञानकृष्ण श्रेष्ठ पहिलो र रुद्र नगरकोटी दोस्रो हुनुभएको । 

सोही उमेर समूहको महिलातर्फ मीनाकुमारी मगर पहिलो, सावित्री रायमाझी दोस्रो र कल्पना आचार्य तेस्रो स्थान हासिल गर्न सफल हुनुभएको । 

काठमाडौँको काँडाघारीस्थित उज्ज्वलतारा विद्यालयद्वारा आयोजित पाँच किलोमिटर दूरीको सो दौड प्रतियोगितामा विभिन्न सात विधा समेटिएको । 


१९. प्रधानमन्त्री अन्तर्राष्ट्रिय द्रुतमार्ग भनी नामकरण गरिएको सडक कुन हो ?

सुर्खेत–हिल्सा सडक


२०. नेपालमा पोखरापछि सबैभन्दा बढी पानी पर्ने ठाउँ कुन हो ?

सङ्खुवासभा


२१. नेपालमा कहिलेदेखि मादक पदार्थको विज्ञापनमा रोक लगाइएको हो ?

वि.सं. २०६६ 


२२. नेपालमा मोहियानी हकको अन्त्य कहिले भएको हो ?

वि.सं. २०५३ पुस २४ (भूमिसम्बन्धी ऐन, २०२१ को चौथो संशोधनपश्चात्)


२३. नेपाल सरकारले कमलरीलाई कहिले मुक्त घोषणा गरेको हो ?

वि.सं. २०७० साउन १


२४. विभिन्न उत्पादकले आफ्ना सामग्रीमा प्रयोग गर्ने क्यु.आर. कोडको पूरा रूप के हो ? 

क्विक रेस्पोन्स (त्तगष्अप च्भभउयलकभ) कोड 


२५. विश्व पर्यटन दिवस कहिले मनाइन्छ ? 

सेप्टेम्बर २७ 

विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ को महामारीबाट पर्यटन क्षेत्र आहत भई पुनरुत्थानको चरणमा भएको अवस्थामा यूएनडब्लूटीओद्वारा २०२२ सेप्टेम्बर २७ मा ४३औँ विश्व पर्यटन दिवस च्भतजष्लपष्लन त्यगचष्कm थिमका साथ विश्वभर मनाइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना, २०७९ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ भने सन् २०२३ देखि २०३२ लाई नेपाल भ्रमण दशक मनाउने गरी नेपाल सरकारबाट स्वीकृत प्राप्त भइसकेको छ । 


२६. संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?

सन् १९९८ 

संयुक्त राष्ट्रसङ्घको पहिलो उपमहासचिव क्यानडाका लुइस फ्रेसेट (सन् १९९८–२००६) हुन् ।

हाल संयुक्त राष्ट्रसङ्घको उपमहासचिवमा नाइजेरियाका अमिना जे. मोहम्मद रहेका ।


२७. प्रोटोकल १८ केसँग सम्बन्धित छ ?

मानव अधिकार


२८. नेपाल टेलिकमद्वारा टेलेक्स र आकाशवाणी सेवा कहिलेदेखि बन्द गरिएको हो ?

वि.सं. २०६५ पुस १७

लेखन-संयोजन : टंक के.सी.