• १५ चैत २०८०, बिहिबार

इङ्ल्यान्ड र जर्मनीको रोचक बराबरी

blog

यूईएफए नेसन्स लिगमा प्रतिस्पर्धा गर्दै इङ्ल्यान्ड र जर्मनीका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, असोज ११ गते । इङ्ल्यान्ड र जर्मनीले यूईएफए नेसन्स लिग फुटबलमा रोमाञ्चक बराबरी खेल्दै अङ्क बाँडेका छन् । वेम्वली स्टेडियममा सोमबार राति भएको खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

जर्मनीले दुई गोलको अग्रता लिएपनि इङ्ल्यान्डले उत्कृष्ट बराबरी गर्दै खेलमा पुनरागमन गरेको थियो । जर्मनीका लागि काई हाभर्टजले दुई तथा इल्केए गुन्डोगानले एक गोल गर्नुभयो ।

इङ्ल्यान्डका लुका सा, मासन माउन्ट र ह्यारी केनले गोल गर्नुभयो । प्रतिस्पर्धात्मक खेलमा जर्मनीले ५२औँ मिनेटमा इल्केए गुन्डोगानको गोलबाट अग्रता लिएको थियो ।

६७औँ मिनेटमा काई हाभर्टजले गोल गर्दै जर्मनीको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि इङ्ल्यान्डले चार मिनेटका अन्तरमा दुई गोल गर्दै खेललाई बराबरीमा ल्यायो । लुका साले ७२औँ र मासन माउन्टले  ७५औँ मिनेटमा गोल गर्नुभयो । त्यसपछि 

८३औँ मिनेटमा ह्यारी केनले गोल गर्दै इङ्ल्यान्डलाई अगाडि बढाउनुभयो । तर ८७औँ मिनेटमा काई हाभर्टनले सर्ज जिनाब्रीको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो ।

यस बराबरीसँगै लिग ‘ए’ को समूह ३ मा जर्मनीले ६ खेलबाट सात अङ्क बनाएको छ । जर्मनी तेस्रो स्थानमा छ । तीन अङ्क बनाएको इङ्ल्यान्ड अन्त्मिमा छ ।

यही समूहको अर्को खेलमा इटालीले हंगेरीलाई २–० गोलले हरायो । जितसँगै शीर्षस्थानमा रहेको इटालीले ६ खेलबाट ११ अङ्क बनाएको छ । १० अङ्क बनाएको हंगेरी दोस्रो स्थानमा छ । एजेन्सी