• १३ वैशाख २०८१, बिहिबार

राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरी खेलका तीन खेलाडी छनाेट

blog

काठमाडौं, असोज ११ गते । पोखरामा २०७९ असोज २८ देखि कार्तिक ३ गते हुने राष्ट्रिय खेलकुद प्रतियोगिता ३० मिटर रिकर्भ आर्चरी खेलका लागि प्रदेश नं १ को आर्चरी खेलको नेतृत्व गर्दै तीन जना खेलाडी छनाेट भएका छन । पासाङ भोटे, जोजो भोटे र ङादर भोटे  प्रतियोगिताको लागि छनाेट भएको हो । 

उक्त प्रदेश नं १ स्तरिय आर्चरी खेल प्रतियोगितामा सङ्घको तर्फबाट खेलाडी छनौट भएको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश नं १ स्तरिय आर्चरी खेल छनाेट प्रतियोगितामा असोज ३ र ४ गते झापाको भद्रपुरमा प्रतियोगिता सम्पन्न भएको थियो ।