• ६ वैशाख २०८१, बिहिबार

बङ्गलादेशलाई हराउने दाबी

blog

पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक प्रदीप हुमागाईं र कप्तान किरण चेम्जोङ ।

काठमाडौं, असोज ११ गते । नेपाल र बंगलादेशबीच मंगलबार दशरथ रङ्गशालामा आयोजना हुने मैत्रीपूर्ण खेलमा दुवै टोलीले जित निकाल्ने दाबी गरेका छन् ।

खेलअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईँले नेपाललाई सुखद नतिजा दिलाउँदै दशैँ विशेष बनाउने बनाउनुभयो । ‘‘टोलीको तयारी राम्रो भएको छ । हामी शतप्रतिशत जितका लागि खेल्नेछौँ । खेलाडी शारीरिक, मानसिक र प्राविधिक रूपले तयार छन्,’’ प्रशिक्षक हुमागाईँले भन्नुभयो ।

बंगलादेशसँगको खेलमा नेपाली टोलीको कप्तानी किरण चेम्जोङले गर्नुहुनेछ । पत्रकार सम्मेलनमा किरण पनि उपस्थित हुनुहुन्थ्यो । किरणले टोलीका कप्तानको रूपमा फर्किदा उत्साहित भएको बताउँदै बंगलादेशसँगको खेल उत्कृष्ट हुने बताउनुभयो । नेपाल र बंगलादेशबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । 

सन् १९८३ देखि बङ्गलादेशसँग अन्तर्राष्ट्रिय फुटबल खेल्न सुरु गरेको नेपाल र बंगलादेशबीच अहिलेसम्म २४ पटक प्रतिस्पर्धा भएको छ । जसमा बङ्गलादेशले १२ खेल जितेको छ ।

नेपाल सात पटक विजेता बनेको छ भने पाँच खेल बराबरी सकिएको छ । नेपालले पछिल्लो पटक गतवर्ष मालदिभ्समा भएको साफमा बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो ।