• १५ चैत २०८०, बिहिबार

टेलिसिरियल 'सहारा' निर्माण हुने

blog

काठमाडौं, असोज १० गते । टेलिसिरियल 'सहारा' निर्माण हुने भएको छ । सोमबार घटस्थापनाको अवसर पारेर टेलिसिरियल 'सहारा'को शुभ मुहूर्तसँगै छायाङ्कनसमेत सुरु गरिएको हो । 

प्रज्ञा जोशीको लगानीमा निर्माण हुन लागेको यस सिरियलमा लेखन तथा निर्देशन सरोज दाहालको रहनेछ । 'सहारा' एउटा पारिवारिक तथा सामाजिक कथा बोकेको टेलिसिरियल हो," निर्माता जोशीले भन्नुभयो, "सिरियलले एउटी बिधुवा अपाङ्ग भएपछि समाजमा भोग्नु पर्ने मानसिक र शारीरिक पिडा र सहाराको कथा यसमा बुनिएको छ ।" 

'सहारा'मा आजे सिंह, सरोज दाहाल, पूर्णिमा जिएम, मुना भण्डारी, पवन केसी, सिमा दाहाल, सरिता भण्डारी र बालकलाकार प्रिंयका दाहालका अभिनय रहने छ । प्रज्ञा फिल्मस्को प्रस्तुतिमा निर्माण हुने टेलिसिरियलमा जोन राईको छायाङ्कन तथा सम्पादन र प्रिया नगरकोटीकको श्रृगांर रहने छ ।