• ८ वैशाख २०८१, शनिबार

बेलबारी–२ लाई तरुण गोल्डकप उपाधि

blog

उपाधि विजेता बेलबारी–२ टोली । तस्बिर : गोरखापत्र

हरि कोइराला

उर्लाबारी, असोज १० गते । प्रथम तरुण गोल्ड कप फुटबल प्रतियोगिता २०७९ को उपाधि बेलबारी–२ ले जितेको छ । बेलबारी–१० को प्रस्तावित डाँगीहाट रङ्गशालामा भएको फाइनल खेलमा बेलबारी–२ ले बेलबारी–८ लाई टाइब्रेकरमा ७–६ गोलले हरायो ।

निर्धारित ८० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको अन्तिम निर्णय टाइब्रेकरबाट गरिएको हो । निर्धारित समयमा ३०औं मिनेटमा बेलबारी–८ का सुनील खवासले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाउनुभयो । ५०औं मिनेटमा बेलबारी–२ का सन्देश आचार्यले बराबरी गोल फर्काएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।

जितसँगै बेलबारी–२ ले दुई लाख एक हजार रुपियाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता बेलबारी–८ ले एक लाख एक हजार रुपियाँमा चित्त बुझायो । विजेतालाई प्रदेश नं. १ का बन वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापाले पुरस्कार प्रदान गर्नुभयो ।