• १२ वैशाख २०८१, बुधबार

गुरूमार्ग युवा क्लबलाई फुटसल उपाधि

blog

विजेता टोलीलाई ट्रफी प्रदान गर्नुहुँदै काँग्रेस महामन्त्री गगनकुमार थापा ।

काठमाडौं, असोज १० गते । प्रथम ‘वडा अध्यक्ष कप’ फुटसलको ट्रफी गुरुमार्ग युवा क्लबले हात पारेको छ । काठमाडौं महानगरपालिका वडा–८ द्वारा आयोजित प्रतियोगिताको आइतबार भएको फाइनल खेलमा सिर्जनशील युवा क्लबलाई ५–२ गोल अन्तरले हराउदैँ गुरुमार्ग युवा क्लब विजेता बनेको हो । 

प्रतियोगितामा बेष्ट टीमको ट्रफी सन्ध्या पुस्तकले हात पारेको छ । बेष्ट किप्पर अफ दि म्याचको ट्रफि सनिर श्रेष्ठले हात पार्नुभयो । प्रतियोगितामा बेष्ट किपरको ट्रफी सञ्जिव तामाङ। सर्वाधिक गोल कर्ताको पुरस्कार सुप्रिम डंगोल र बेष्ट प्लेयर अफ दि सिजनको ट्रफी मनिश सेढाईले पाउनुभयो ।

प्रतियोगितामा आठ टीमको सहभागिता रहेको थियो । विजेतालाई नेपाली कांग्रेसका महामन्त्री  गगनकुमार थापा, कामपा वडा–८ का वडा अध्यक्ष आशामान संगतलगायतले पुरस्कार प्रदान गर्नुभयो ।