• ७ वैशाख २०८१, शुक्रबार

प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन प्रस्तुत

blog

कैलाली समाचारदाता

कैलाली, असोज १० गते । सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीसमक्ष प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ। आयोगका अध्यक्ष यज्ञराज बोहराले वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो। 

प्रदेश प्रमुख देवराज जोशीले आयोगको कार्यसम्पादन सन्तोषजनक रहेको भन्दै आयोग पदाधिकारी तथा कर्मचारीलाई धन्यवाद दिनुभयो। लोकसेवा आयोगका अध्यक्ष बोहराले आयोगले समावेशी र समानुपातिक सिद्धान्तलाई अवलम्बन गरेर अघि बढेको जानकारी दिनुभयो। 

उहाँले सुदूरपश्चिम प्रदेश सभा बैठकबाट ‘प्रदेश लोकसेवा आयोग विधेयक २०७६’ पारित भएपछि आयोगलाई काम गर्न सहज भएको बताउनुभयो।  अध्यक्ष बोहराले आयोगले प्रदेश निजामती सेवाअन्तर्गत स्वास्थ्य सेवातर्फको चौथो तह प्राविधिक पद, प्रदेश सरकारअन्तर्गत रिक्त भएका पदमा स्थायी पदपूर्तिलगायतका परीक्षा पूरा गरेको बताउनुभयो। प्रतिवेदनमा वन सेवा, जनरल फरेस्ट्री समूह, तहविहीन, वनरक्षक, शिक्षा प्रशासनको प्राविधिक सहायक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा एक वर्षमा पूरा गरेको उल्लेख छ।