• ७ वैशाख २०८१, शुक्रबार

डिबी रानापाललाई मार्सल सेल्फ डिफेन्समा डाक्टर उपाधि

blog

काठमाडौं, असोज १० गते । नेपाल सेल्फ डिफेन्स संघका केन्द्रिय अध्यक्ष डिबी रानापालले युनिभर्सिटि वर्ल्ड कम्ब्याट मार्सल आर्ट कलेज मार्फत डक्टरेटको उपाधि पाउनुभएको छ ।

नेपाल सेल्फ डिफेन्स संघको आयोजनामा भएको आत्मरक्षा सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सेमिनार तथा हिमालयन हल अफ फेम अवार्ड कार्यक्रममा अन्तर्राष्ट्रिय सेल्फ डिफेन्सका संस्थापक अध्यक्ष पोल्यान्डका स्टानिस्ल म्याजर्याक र अन्तर्राष्ट्रिय कम्ब्याट मार्सल आर्टस् सोसाइटीका संस्थापक भारतका जगदिश सिंह खत्रीले डा.डिबी रानापाललाई युनिभर्सिटिको पिएचडि मार्सल आर्टको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

महिलालाई सवल र सक्षम बनाई घरेलु तथा लैंगिक हिंसा न्यूनीकरण कसरी गर्ने, आकस्मिक हमला, सामूहिक झगडा, बलात्कार त्यसैगरी समाजमा हुने विभिन्न हिंसालाई कसरी न्यूनीकरण गर्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उहाँले  पुर्याएको योगदान तथा मार्सल सेल्फ डिफेन्समा आफ्नो कला कौसल र क्षमताको उच्च प्रदर्सन गर्दै विषय विज्ञता हासिल गरेको कारण युनिभर्सिटि वर्ल्ड कम्ब्याट मार्सल आर्टस् कलेजले डा.रानापाललाई पिएचडि डाक्टरको प्रमाणपत्र प्रदान गरेको हो ।

उहाँ नेपालको नै पहिलो मार्सल सेल्फ डिफेन्समा डाक्टरको उपाधि पाउने व्यक्ति बन्नुभएको छ । सन् २०१६ मा स्थापना भएको नेपाल सेल्फ डिफेन्स संघले आत्मरक्षा सम्बन्धी तालिम प्रदान गर्दै आएको छ।