• ४ वैशाख २०८१, मङ्गलबार

लहान नगरपालिका उपप्रमुख महतो धरौटीमा रिहा

blog

लहान नगरपालिका उपप्रमुख राम चलितर महतो तारिखमा रिहा भएपछि । तस्बिर: जीबछ यादव

लहान, असोज १० गते । जर्वजस्ती करणी उद्योग मुद्दामा प्रहरी अनुसन्धानमा रहनु भएको लहान नगरपालिका उपप्रमुख रामचलितर महतो थुनछेक सुनवाइमा एक लाख धरौटीमा आइतबार रिहा हुनु भएको छ ।

२१ वर्षीया युवती जागिरको खोजीमा उपप्रमुख महतोको कार्यकक्षमा जाँदा कोठाको चुकुल लगाएर जर्वजस्ती करणी गर्न खोजेको आरोप सहित असार ४ गते इलाका प्रहरी कार्यालय लहानमा मुद्दा दर्ता गराएकी थिइन । मुद्दा दर्ता भएपछि उपप्रमुख महतो फरार रहनु भएको थियो । 

भदौ २४ गते इलाका प्रहरी कार्यालय लहानमा आफैँ उपस्थित हुनुभन्दा अघि उपप्रमुख महतोले राजनीतिक जीवनलाई धरापमा पार्न यस्तो आरोप लगाइएको पत्रकार सम्मेलनमार्फत जानकारी गराउनु भएको थियो । 

रिहा भए लगतै उपप्रमुख महतोले भन्नुभयो,‘अब मुद्दा बल्ल अदालती प्रक्रियामा गएको छ । मैले न्याय पाउने विश्वास छ । प्रहरीको नियन्त्रणबाट बाहिर निस्कको छु । अदालती प्रक्रियामा गएपछि मैले न्याय पाउनेमा विस्वस्त छु ।’ उपप्रमुख महतोलाई असोज २६ गते बकपत्रको लागि तारिख दिइएको जिल्ला अदालत सिरहाले जनाएको छ ।

Author

जीबछ यादव