• १३ वैशाख २०८१, बिहिबार

अतिक्रमित संरचना हटाउन सुरु

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, असोज १० गते । सिन्धुपाल्चोकको खाडीचौर बजारमा अरनिको राजमार्ग अतिक्रमण गरी निर्माण गरिएका अस्थायी संरचना र फुटपाथमा राखिएका सामान हटाउने अभियान सुरु गरिएको छ। हाम्रो बजार, सफा बजार नाराका साथ बलेफी गाउँपालिका–७ ले बजारमा अतिक्रमण गरी बनाइएको संरचना हटाउन र फुटपाथ खाली गराउन थालेपछि बजारवासी आफैँले त्यस्ता संरचना हटाउन थालेका छन्। 

वडाध्यक्ष गृविन्द्र चौलागाईंले 

खाडीचौर बजारलाई व्यवस्थित र सुन्दर बनाउन अतिक्रमित संरचना र फुटपाथमा राखिएका सामान हटाउन थालिएको जानकारी दिनुभयो। 

गाउँपालिकाका अध्यक्ष गङ्गाबहादुर लामा र वडाध्यक्ष चौलागाईं, लामोसाँघु प्रहरी चौकीलगायतले बजार क्षेत्रका बासिन्दालाई मापदण्डविपरीतका संरचना र फुटपाथका सामान हटाउन आग्रह गरेका थिए। बलेफी गाउँपालिकाको सबै वडामा मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउने अध्यक्ष तामाङले जानकारी दिनुभयो।