• १५ चैत २०८०, बिहिबार

ठोरीको विकासमा कुनै कसुर बाँकी राख्दिन: मन्त्री चौधरी

blog

पर्सा, असोज १० गते । सहरी विकास मन्त्री मेटमणि चौधरीले ठोरीको विकास र विस्तारमा कुनै कसुर बाँकी नराख्ने बताउनु भएको छ । ठोरी ऐतिहासिक बस्ती भएको बताउनुहुँदै उहाँले यो बस्तीको विकासमा सबैले हातेमालो गर्नुपर्ने धारणा राख्नुभयो । 

पर्साको पश्चिम क्षेत्रमा रहेको ठोरी गाउँपालिकामा सघन सहरी कार्यक्रम अन्तर्गत सहरी पूर्वाधार निर्माण कार्यक्रमका लागि करिब १० करोडका आयोजनाहरूको शिलान्यास गर्नुहुँदै आइतबार मन्त्री चौधरीले उक्त कुरा बताउनु भएको हो । 

‘भगवान् रामसँग जोडिएको ठोरीको समग्र विकासमा सबै जुटौँ । यस्तो ऐतिहासिक ठाउँको बृहत्तर विकास गर्ने सवालमा यो दल त्यो दल नभनौँ । यसो गर्न सकिएमा हिन्दु धर्मावलम्बीहरूको घुइँचो लाग्ने छ । धार्मिक पर्यटनको राम्रो गन्तव्य बन्ने निश्चित छ ।’ मन्त्री चौधरीको भनाइ थियो । 

ठोरीलाई चिनाउन, ठोरीको प्रचार गर्न र विकासका आयोजनाहरू निर्माणको पहल गर्न ठोरी आएको बताउँदै मन्त्री चौधरीले जन निर्वाचित प्रतिनिधिहरूले सबैलाई समेटेर नेतृत्व गर्न आग्रह समेत गरेका थिए ।