• १३ वैशाख २०८१, बिहिबार

उपत्यका छाड्ने सवारीको यान्त्रिक परीक्षण सुरु

blog

काठमाडौँ उपत्यकाबाट बाहिर जाने सवारीसाधनको जाँच गरिँदै । साङ्केतिक तस्बिर

काठमाडौँ, असोज १० गते । उपत्यकाबाट बाहिर जाने सवारी साधनको यान्त्रिक परीक्षण गर्ने कार्य सुरु भएको छ । आइतबारदेखि दशैको अवसरमा सवारीसाधनबाट घर जाने यात्रुहरूको भीडलाई लाग्न थालेसँगै सुरक्षित यात्राका लागि यान्त्रिक परीक्षण सुरु गरिएको हो । 

काठमाडौँ छाड्ने यात्रुहरूलाई सुरक्षितसँग गन्तव्यमा पुर्‍याउनका लागि सवारीको यान्त्रिक परीक्षण आवश्यक रहेको भन्दै यातायात व्यवस्था विभागले परीक्षणको दायरा बढाएको सूचना अधिकारी ईश्वरी दत्त पनेरुले जानकारी दिनुभयो । काठमाडौँको गोङ्गबु बसपार्क र टेकुबाट लामोदुरुमा सञ्चालन हुने सवारीसाधनको नियमित रूपमा परीक्षण सुरु गरिएको विभागले जनाएको छ । 

लामो रुटमा चल्ने सवारी साधनमा केही फल्ट हुन सक्ने भएकाले परीक्षण पश्चात् सवारी गुडाउँदा बाटोमा सवारी बिग्रिने र यात्रुले अनावश्यक दुःख झेल्नु पर्ने, दुर्घटनाबाट सयौँले अकालमै ज्यान गुमाउनु पर्ने जस्ता समस्या परीक्षणबाट हट्ने विभागले जनाएको छ । 

यातायात व्यवस्था विभागको प्राविधिक टोलीले आइतबार देखि नयाँ बसपार्क र टेकुबाट परीक्षण सुरु गरेको छ । यातायात व्यवसायी र चालकलाई सवारी अनिवार्य रूपमा परीक्षण गराएर मात्र यात्रा गर्न विभागले आग्रह गरेको छ ।