रथ तान्न साइत जु¥यो

ललितपुर, जेठ ५ गते ।  रातो मच्छिन्द्रनाथको रथ थटी टोलबाट जेठ ८ गते सोमबार जावलाखेलतर्फ लैजाने साइत जुरेको छ ।   ज्योतिषीले बिहीबार साइत हेरेर यो निर्णय दिएको पाटनस्थित गुठी कार्यालयले जनाएको छ ।  थटी टोलबाट एकै दिनमा रथलाई जावलाखेल ल्याउन सकियो भने रथ जावलाखेल आइपुगेको चौथो दिन जेठ ११ गते मच्छिन्द्र नाथका साथमा रहेको भोटो प्रदर्शन हुनेछ ।
रथ जावलाखेल आएको चौथो दिनमा भोटो देखाउने प्रचलन छ ।  गुठी संस्थानले यो पल्ट संस्थान पाटन शाखा कार्यालय प्रमुख वैकुण्ठ आचार्यलाई भोटो प्रदर्शन गराउन दिन तोकेको छ  ।  
वर्षा र सहकालका देवता रातो मच्छिन्द्र नाथको वर्षा यामको आसपास रथ यात्रा गराउने चलन छ ।  भोटो जात्रापछि नाथलाई छ महिनाका लागि बुङ्मती लगिन्छ ।  संस्थान कर्मचारी सुशीला भण्डारीका अनुसार साइत तोकिएपछि रथयात्राको तयारीमा स्थानीय गुठियारले तत्परता देखाएका छन् ।  साइत हेर्ने क्रममा ज्योतिषी स्थानीय धूप बत्तीसहित रथ भएको स्थान थटी टोल आएको जनाइएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds