आइतबारदेखि सवारी लाइसेन्स वितरण

ललितपुर, जेठ ५ गते ।  बागमती अञ्चल यातायात कार्यालयले स्थानीय तहको निर्वाचनका कारण रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा आइतबारदेखि नियमित रूपमा लिने भएको छ ।  दुई पाङ्ग्रे सवारीको लाइसेन्सका लागि आवेदन पनि त्यसै दिनदेखि लिने बताइएको छ ।
 निर्वाचनका कारण रोकिएको लाइसेन्स नविकरण, प्रतिलिपि उतार, अञ्चलीकरण, अन्तर्राष्ट्रिय लाइसेन्सको नेपालीकरण, प्रहरी कारवाहीमा परेर जफत भएका लाइसेन्स सवारी धनीलाई फिर्ता गर्ने कार्य पनि सुचारु हुनेछ ।  
अञ्चल यातायात कार्यालय प्रमुख तेजनारायण यादवका अनुसार चारपाङ्ग्रे सवारीको प्रयोगात्मक परीक्षाका लागि पुराना दुई हजारभन्दा बढीको परीक्षा रोकिएकाले यो परीक्षा सकिएपछि चारपाङ्ग्रे सवारीको चालक अनुमति आवेदन पनि खुला हुनेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds