पोखरा लेखनाथको वडा नं ७ मा एमाले, ६ र ८ मा मिश्रित

पोखरा, जेठ ४ गते   । पोखरा लेखनाथ महानगरपालिका वडा नं ७ मा नेकपा एमालेको प्यानल विजयी भएको छ भने वडा नं ६ र ८ मा मिश्रित नतिजा आएको छ ।

वडाको पछिल्लो मत परिणामअनुसार वडा नं ७ मा नेकपा ९एमाले०का रामचन्द्र बराल एक हजार २१२ मतसहित वडाध्यक्षमा विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामप्रसाद वस्ताकोटीले एक हजार १११ मत प्राप्त गर्नुभयो ।

महानगरको वडा नं ६ मा नेकाका जगत पहारी एक हजार ६७६ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का मेयरमान श्रेष्ठले एक हजार २६९ मत प्राप्त गर्नुभयो । उक्त वडामा अन्य सबै सदस्य पदमा नेकपा ९एमाले०का उम्मेदवार विजयी भएका छन् ।

वडा नं ८ को अन्तिम मतपरिणामअनुसार नेकपा ९एमाले०का रुद्रनाथ बराल एक हजार ८०३ मतसहित विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका शारदा गिरीले एक हजार ६६३ मत प्राप्त गर्नुभयो । वडामा खुलातर्फका दुई सदस्यमा काँग्रेसका उम्मेदवार र महिला सदस्य तथा दलित महिला सदस्यमा नेकपा ९एमाले०का उम्म्ेदवार विजयी बनेका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds