पर्वतको बिहादीमा एमालेका भुसाल, मोदीमा पौडेल

फलेवास (पर्वत), जेठ ४ गते   । दक्षिण पर्वतको बिहादी गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार कमल भुसाल विजयी हुनुभएको छ । गएराति १० बजे घोषणा गरिएको अन्तिम मत परिणामअनुसार भुसालले नेपाली काँग्रेसका प्रवीण गुरुङलाई ३०३ मत अन्तरले हराउँदै विजयी हुनुभएको हो ।

भुसालले दुई हजार ४९० मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार प्रवीण गुरुङले दुई हजार २१७ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै, उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार डम्बर कुमारी गुरुङले दुई हजार ३१५ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाकी उम्मेदवार विष्णु खड्काले दुई हजार २९९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मोती सापकोटाले जानकारी दिनुभयो ।

उक्त गाउँपालिकाका तीन वडामा नेपाली काँग्रेस, दुईमा एमाले र एकमा माओवादी केन्द्रले जितेको थियो ।

मोदी गाउँपालिकाको अध्यक्षमा एमाले

यसैगरी, पर्वतको मोदी गाउँपालिकाको अध्यक्षमा एमालेका प्रेमप्रसाद पौडेल विजयी हुनुभएको छ ।

भर्खरै घोषणा भएको अन्तिम मतपरिणामअनुसार पौडेलले एक हजार ३८८ मतको अन्तरले विजयी हुनुभएको हो । पौडेलले चार हजार ५११ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका उम्मेदवार विश्वप्रकाश प्रसार्इंले तीन हजार एक सय २३ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, उपप्रमुख पदमा पनि नेकपा (एमाले)कै सेती महत विजयी हुनुभएको छ । उहाँले चार हजार २७२ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्दी नेकाकी उम्मेदवार मीना केसीले तीन हजार १४१ मत प्राप्त गर्नुभएको थियो ।

उक्त गाउँपालिकाको अध्यक्षमा उम्मेदवार रहेका नेकपा (माअ‍ोवादी केन्द्र)का उम्मेदवार मनबहादुर पौडेलले भने ६९१ मत प्राप्त गर्नुभएको छ । उक्त गाउँपालिका–१ मा नेकाको प्यानल नै विजयी भएको थियो भने अन्य सातवटा वडामा एमालेको प्यानलसहित विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले जनाएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds