नायिका नम्रता श्रेष्ठ उपन्यासमा

टीकाबहादुर बस्नेत 

namrataदाङ, । नायिका नम्रता श्रेष्ठको जीवनीमा उपन्यास लेखिएको छ । नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रियासनले नेपाली चलचित्रकी नायिका श्रेष्ठको संघर्षशील जीवनीमा रहेर ‘नम्रता’ उपन्यास लेख्नुभएको हो ।
नायिका श्रेष्ठको संघर्षशील जीवनबाट प्रभावित भएर उपन्यास लेखेको भन्दै सञ्चारकर्मी प्रियासनले उपन्यास बैशाखको महिनामा प्रकाशन हुने बताउनुभयो । युवा पुस्ताभित्र रहेको निराशालाई हटाउन ‘नम्रता’ उपन्यास सहयोगी बन्ने प्रियासनले बताउनुभयो । ‘नायिका नम्रता श्रेष्ठको कलाकारिता प्रवेशदेखि हालसम्मका महत्वपूर्ण पाटाहरु समेटेर उपन्यास लेखेको छु’, प्रियासनले भन्नुभयो,‘नेपाली चलचित्रकी सफल नायिका श्रेष्ठको जीवनसँग जोडेर गरिने नकारात्मक टिप्पणीहरुलाई सकारात्मकतातर्फ लैजान उपन्यास सहयोगी बन्ने बिश्वास लिएको छु ।’
सामाजिक सञ्जालदेखि विभिन्न स्थानहरुमा नायिका श्रेष्ठप्रति नकारात्मक टिप्पणी हुँदै आएको देख्दा अत्यन्तै दुःख लाग्ने गरेको भन्दै दाङबाट प्रकाशित गणतन्त्र राष्ट्रिय दैनिकका प्रकाशक/सम्पादकसमेत रहेका प्रियासनले नकारात्मक टिप्पणी गर्नेहरुको बिरुद्धमा उपन्यास लेखेको बताउनुभयो । प्रियासनका यसपूर्व ‘रोदनपछि’, ‘भूमरी’ उपन्यास, ‘सपनाभित्रको सपना’ कथा संग्रह र ‘सम्पादकीय’ समसामयिक विचारहरुको संगालो प्रकाशित भइसकेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना