सुन्तलासँगै तरकारी खेतितर्फ गाउँलेहरु आकर्षित

Suntala khetiगाईघाट,मङ्सिर १६ गते । अन्तरबाली कार्यक्रम अन्तर्गत सुन्तलासँगै तरकारी तथा अदुवा खेति गरेर उदयपुरका पहाडी क्षेत्रका किसानहरुले यसवर्ष राम्रो फाईदा लिन सफल भएका छन । जिल्लाको ओख्ले,लेखानी,ताम्लिछा, बाराहा, बाँसबोटे, पोखरी, आँपटार तथा रौता लगायत दर्जन बडी गाउँ विकास समितिका किसानहरुले आप्mनो बारीमा सुन्तलासँगै कोवि,टमाटर,अदुवा र भटमासलगायतका तरकारी खेतिबाट राम्रो फाईदा भएको किसानहरु बताउछन ।

ओख्ले गाविस ७ पिपलभञ्ज्याङका स्थानीय अगुवा किसान तोपबहादुर ज्युठकुरीले “भन्नुभयो सुन्तलाको बोट सँगसँगै बिभिन्न प्रकारका तरकारीहरु फलाउन सकिने हुदा किसानहरु यस प्रकारको अन्तरबाली कार्यक्रम गर्न धेरै आकर्षित भएकाछन र फाइदा पनि राम्रो भएको छ ।”
सुन्तला पनि हुर्किदै जाने र तरकारीपनि एकैसाथ फल्दै जाने भएकोले सुन्तलाबारीको भुइमा रहेको खालि जमिन सदुपयोगमा आउनेहुदा यसबाट मिहिनेत गर्ने किसानहरुलाई धेरै राम्रो फाईदा पुगेको उहाँले बताउनुभयो ।
पहाडी क्षेत्रको भिरालो जमिनमा अन्नबाली उत्पादनमा कमी आउन थालेपछि यसक्षेत्रका किसानहरु नगदेबालिका रुपमा रहेको सुन्तला लगायतका फलपूmल खेतीप्रति आकर्षित हुदै गएको र आप्mनो बारीमा लगाईएको तीनसय गाछि सुन्तलाको बोटमा यस वर्ष १३ टन उत्पादन भएको र त्यसबाट तीन लाख ६० हजार मात्र नगद हात परेको तोपबहादुरले बताउनुभयो ।
यसैगरी सुन्तलाबारीमा लगाइएको आर्गेनिक काउली बिक्रिबाट पनि करिव दुईलाख रुपियाँ हातलागि भएको छ भने अदुवा र भटमासको फसल तयारहुदै गएको छ । तर पहाडी क्षेत्र भएकोले ठूला बजारसम्म लैजान ढुवानीको समस्याका कारण भनेजस्तो मूल्य नपाइने हुदा सस्तो मूल्यमा नै आपूmहरुले उत्पादन गरेको कृषिजन्य बस्तुहरुको बिक्रि गर्नुपर्ने वाध्यता रहेको ठकुरी बताउनुहुन्छ ।
उहाँका अनुसार बिगतमा अवैद्य गाँजा खेति गर्नेगरेका त्यहाँका कतिपय निम्न वर्गका किसानहरुले पनि हिजोआज गाँजा खेतिगर्न छोडेर सुन्तला,कागति लगायतका फलपूmल तथा तरकारी खेतिगरी त्यसबाट बार्षिक दुईलाख भन्दा बढी रकम हातपार्न थालेपछि प्रत्येक वर्ष ब्यबसायिक रुपमा फलपूmल तथा तरकारी खेतितर्फ गाउँलेहरुको आकर्षण बढ्दै गएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना