लुम्बिनीको अन्वेषणदेखि विकाससम्म

प्रताप खत्री

 

भगवान् बुद्धको जन्मस्थल लुम्बिनीबारे जति चर्चा गरे पनि पुग्दैन ।  निरन्तर विकासक्रम जारी छ ।  मौर्य सम्राट अशोकको बीसौँ राज्यरोहण अवसर इ.पू. २४९ आफ्नो गुरु साथमा लिएर आएर एउटा शिला स्तम्भ खडा गरेर गए ।  सिद्धार्थ गौतम जन्मेको गाउँमा शिला प्रतीक पनि राखे ।  लुम्बिनीको शिलास्तम्भमा कुदिएको अक्षर हिदवुध जाते, हिद भगवन् जातेती– दिव्यदानमा यही वाक्य उल्लेख छ ।  
जब तीन चिनियाँ यात्री इ.सं. सेगं साइ चारौ शताब्दी, फाहियान ४०३ शताब्दी र व्हेन साङ्ग ६३६ शताब्दीमा आए यस पावन स्थलको बारेमा विवरण प्रकाशित भएका छन्  ।  व्हेनसाङ्गको यात्रा विवरणले यस स्थलको बडो जानकारीमूलक छ ।  यस क्रममा ६०० वर्ष पछि अर्का एक प्रख्यात व्यक्ति सुदूरपश्चिम नेपालका सिञ्जाका खस राजा रिपु मल्ल १३१२ शाकेमा आएर अशोक स्तम्भको टुप्पामा रिपु मल्ल १३१२ शिलालेख गरे जसलाई उत्कृर्ण भनिन्छ ।
लुम्बिनी कसरी कहाँ पत्ता लगाइयो भन्ने कुरा संक्षिप्त जानकारी गराउन उपयुक्त हुन्छ ।  जनरल खड्गशमशेरविरुद्ध एउटा षड्यन्त्र रचियो ।  जसलाई इतिहासमा खड्ग पर्व भनिन्छ ।  श्री ३ वीरलाई सिध्याउने षड्यन्त्र गरेको भन्ने अभियोग उनलाई लाग्यो ।  षड्यन्त्रको प्रमुख योजनाकार थिए खड्गशमशेर, भीमशमशेर, चन्द्रशमशेर र डम्बरशमशेर ।  खड्ग शमशेरलाई पाल्पा निकाला गरियो ।  वीरशमशेरलाई सत्ताच्युत गर्ने षड्यन्त्रको पर्दाफास भएपछि जनरल खड्गशमशेर पाल्पामा बडाहाकिम बनाएर पठाइए ।  त्यसको अर्थ काठमाडौँबाट निष्काशन नै थियो ।  
श्री ३ वीरशमशेरलाई मार्ने षड्यन्त्र वीरशमशेरका हजुरिया कर्णेल फौदासिंह खत्रीले चाल पाएपछि नै जनरल खड्गको निष्काशन भएको हो ।  थुपै्र विदेशी विद्वान् भगवान् बुद्धसँग सम्बन्धित ऐतिहासिक, सांस्कृतिक, पुराताŒिवक स्थलको अध्ययन अनुसन्धान गर्न आतुर थिए ।  भारतीय पुरातŒव सर्वेक्षण माध्यमबाट नेपालका प्रधानमन्त्री वीरशमशेरलाई उपयुक्त स्थल अध्ययन गरी अन्वेषण र उत्खनन् गर्न सरकारको टोलीलाई अनुमतिका लागि काठमाडौँस्थित ब्रिटिश लिगेसन प्रमुख मेजर विलीले अनुरोध पत्र पठाए ।  प्रधानमन्त्री वीरशमशेरले भगवान् बुद्धसम्बन्धी ऐतिहासिक, संस्कृति स्थलको अन्वेषण उत्खनन्का लागि अनुमति दिए ।  जर्मन नागरिक एलोवस एनटन फुइररको नेतृत्वको टोली लुम्बिनी अशोक स्तम्भ भएको चारकोशे झाडीमा आइपुग्यो ।  वीरशमशेरको आदेशअनुसार जनरल खड्ग केही सैनिक जवानसहित लुम्बिनीमा आइपुगे ।  नाप नक्सा, मानचित्र, केही उपलब्ध नभएको कठिन अवस्था थियो ।  
खड्गशमशेर त्यहाँ पुगेर अशोक स्तम्भको केही भाग देखे ।  उत्खनन्का क्रममा अशोक स्तम्भमा पाँच लाइन लेखिएका ब्राह्मी लिपी पनि देखाप¥यो ।  यसरी लुम्बिनी स्तम्भ पुनः पत्ता लगाउने श्रेय जनरल खड्गलाई जान्छ ।  डिसेम्बर १, १८९६ मा भएको यो एक सनसनीपूर्ण महŒवपूर्ण घटना थियो ।  एनटन फ्युररले चाहि ब्राह्मी लिपी पढी बुद्धको जन्म स्थल यही हो भनेर किटान गरे ।  त्यस बेलामा पनि कसले बुद्धको जन्मस्थल पत्ता पुनः पत्ता लगायो, भन्ने चर्चाले ठाउँ पाएको थियो ।  
अशोक स्तम्भ पुनः पत्ता लगाउने श्रेय जनरल खड्गशमशेर राणालाई जान्छ तर यस घटनाको प्रसङ्ग प्रधानमन्त्री वीरशमशेरका हजुरिया कर्णेल दोलखा जिल्ला माधा देउरालीका वडा कर्णेल फौद सिंह खत्रीसँग गाँसिएको देखियो ।  खड्गशमशेरको निष्काशन नभएको भए लुम्बिनी पत्ता लाग्ने सम्भावना थिएन भनिन्छ ।  जनरल खड्ग अङ्ग्रेजी भाषाको दख्खल भएको व्यक्ति थिए भन्ने कुरा इलाहावादबाट निस्किने अङ्ग्रेजी दैनिक दि पाएनियर पत्रिकाको तीन अङ्कमा लगातार सन् १९०४ मा प्रकाशित भएको उनको लेखबाट प्रमाणित हुन्छ ।  
बुद्धको जन्मस्थल पुनः पत्ता लागेपछि संसारभरिका बौद्धमार्गीले हर्षित भई महाराज वीरशमशेरको आफ्नो नेपालभित्र अन्वेषण एवम् उत्खनन् गर्न दिएकोमा प्रशंसा गरे ।  त्यसपछि डा. एनटन फ्यूरर को लुम्बिनी उद्यान र अन्य कपिलवस्तु स्थलगत भ्रमण गरे अन्वेषण कार्यको प्रतिवेदन प्रकाशनमा आयो ।  उनीपछि बाबु पूर्णचन्द्र मुखर्जीले सन् १८९९ मा भ्रमण गरी लुम्बिनीको अन्वेषण र उत्खनन् गरी सन् १९०१ मा भारतीय पुरातŒव सर्वेक्षणको प्रतिवेदन प्रकाशनमा ल्याए ।  
पी.सी. मुखर्जीको यस प्रतिवेदनले लुम्बिनी कपिलवस्तु अन्वेषणले लुम्बिनी यथार्थता कोसे ढुङ्गा साबित भएको छ ।  १९औँ शताब्दीको विश्व इतिहासमा लुम्बिनीमा बुद्धको जन्मथलोको रूपमा  पुनः पत्ता लागेको कुरा महŒवपूर्ण उपलब्धि मानिन्छ ।  नेपालमा २००७ प्रजातन्त्र आएपछि विश्वबौद्ध भातृत्व सङ्घको चतुर्थ विश्व बौद्ध सम्मेलन वि.सं. २०१३ कात्तिक ३० गते देखि मार्ग ६ गतेसम्म काठमाडौँ र लुम्बिनीमा भएको थियो ।  तत्कालीन राजा श्री ५ महेन्द्रबाट त्यस सम्मेलनको उद्घाटन भएको हो ।  भारतका डा. भीमराव अम्बेदकर, चीनको भिक्षु चाउपुचु, श्रीलङ्का बौद्ध विधान एवम् कुटनीतिज्ञ डा. गुणलाल पियसेना र मलाला शेखर पनि उपस्थित थिए ।  जब बुद्धजन्मस्थल लुम्बिनी उद्यान पुनः पत्ता लाग्यो सन् १९८६ डिसेम्बर १ मा संसारभरि एउटा उत्साह र हर्षको तरङ्ग आयो  ।  विभिन्न देशका बौद्ध धर्मावलम्बी र अरू मानिस तीर्थाटन गर्न लुम्बिनी आउन थाले ।   
वि.सं २००३÷०४ तिर गोरखाका नायव सुब्बा गजेन्द्रराज देवकोटाले (गोरव) भगवान् बुद्धको जन्मस्थल लुम्बिनीलाई विकास गरी विश्वसामु चिनाउनुपर्छ भन्ने कुरा तत्कालीन सरकारलाई सुझाएको देखिन्छ ।  सन् १९६७ तिर संयुक्त राष्ट्र सङ्घका तेस्रो महासचिव ऊ थाण्टको दक्षिण एसिया भ्रमण कार्यक्रम भएपछि उनको नेपाल, भारत, पाकिस्तानलगायत बौद्ध तीर्थ स्थलको भ्रमण भएछ ।  अप्रिल १३–१४, मा ऊ थाण्ट दुई दिने भ्रमण कार्यक्रममा गएर बुद्ध जन्मस्थलमा पूजाअर्चना गरेका थिए  ।  बुद्ध जन्मस्थलमा बौद्ध भिक्षु अनिरुद्ध महास्थवीरले वर्मली भाषामा कुरा गरी धार्मिक कार्य सम्पन्न गरी नारायणहिटी राजप्रसाद मध्यान्न तत्कालीन श्री ५ महेन्द्रलाई भेट गरी लुम्बिनी गुरु योजनाबारे छलफल गरेका थिए ।  
ऊ थाण्टले आफ्ना पुस्तक (१९७२ मा प्रकाशित) पुस्तक भ्यू फ्रम युएनमा सबै कुरा उल्लेख गरेका छन् ।  संयुक्त राष्ट्र सङ्घका तेस्रो महासचिव ऊ थाण्ट सन् १९६७ अप्रिल महिनाको शुरुमा नेपाल भारत र पाकिस्तान आउने कार्यक्रम रहेछ ।  त्यसबेला श्री ५ को सरकार तर्फबाट उहाँलाई नेपाल भ्रमणको निम्ति दिएको रहेछ ।  ऊ थाण्टको नेपाल भ्रमण तय भएपछि सम्पूर्ण कार्यक्रम मिलाउने क्रममा स.रा. सङ्घ नेपालको स्थायी प्रतिनिधि जनरल पद्यबहादुर खत्रीलाई जिम्मा दिइयो ।  जनरल खत्री एसियाली अफ्रिकी सम्मेलन बाङ्डुङ शहर अप्रित १८–२४, १९५५ मा सहभागी थिए ।  जनरल खत्री नेपाली प्रतिनिधि मण्डलको सदस्य थिए ।  ऊ थाण्ट पनि सो सम्मेलनमा बर्मेली प्रतिनिधि मण्डलका सदस्य थिए ।  ऊ थाण्ट बर्माको स्थायी प्रतिनिधि भएका र जनरल खत्री नेपालका प्रतिनिधि भएकोले उनीहरूको आपसमा कुरा ऊ थाण्ट पटक–पटक लुम्बिनी विषयमा कुुरा भएको रहेछ ।  नेपाल पहिलो पल्ट संयुक्त राष्ट्र सङ्घमा सुरक्षा परिषद्मा सन् १९६९–७० दुई वर्षका लागि नेपाल चुनिएको थियो ।  दुई पटक सुरक्षा परिषद्मा अध्यक्षता गर्ने शुभअवसर नेपाललाई प्राप्त भयो ।  ऊ थाण्टको कार्यकालमा लुम्बिनीको योजनाबद्ध विकास गर्ने गुरु योजना बनाउने कुरा तयार भयो ।  युएनले लुम्बिनी विकासमा आर्थिक र प्राविधिक रूपमा सहयोग गरेको छ ।  सन् १९७८ मा संयुक्त राष्ट्र सङ्घको लुम्बिनी गुरु योजना स्वीकृति भएको थियो ।  सोको कार्यान्वयन स्वरूप जापानका विश्व प्रसिद्ध अर्किटेक्ट केन्जो टाँगेले लुम्बिनी गुरुयोजना तयार गरे ।  
ऊ थाण्टपछि सं.रा. सङ्घका महासचिव कुर्त वाइल्डह्याम, पेरज डि कोयायार, बुत्रोस बुत्रोस ली, कोफी अन्नान् पछि वानकी मुनले पनि लुम्बिनी पावनस्थल भ्रमण गरेका छन् ।  संयुक्त राष्ट्र सङ्घको लुम्बिनी विकासप्रति निरन्तर सहयोग र सद्भाव देखिन्छ ।  लुम्बिनी विकासको योजनाबद्ध विकास गरी अहिले अवस्थामा पु¥याउन संयुक्त राष्ट्र सङ्घका महासचिव, युनेस्को नेपाल सरकार, सम्बन्धित सरकारी निकाय, मित्र राष्ट्रका सरकार तथा गैरसरकारी संस्थाको ठूलो सहयोग र संरक्षण रहेको छ ।   

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds