शताब्दी पुरुष उपाधि दिएकामा स्वागत

काठमाडौँ, वैशाख २५ गते । सरकारले संस्कृतिविद् सत्यमोहन जोशीलाई यही वैशाख २१ गतेको मन्त्रिपरिषद् बैठकमार्फत ‘वाङ्मय शताब्दी पुरुष’को उपाधिबाट सम्मान गरेकामा त्रिमूर्ति निकेतन र नइ प्रकाशनले स्वागत गरेका छन् । 

निकेतन र प्रकाशनले सो सम्मानका लागि पहल गरिरहेका थिए । निकेतनको आयोजनामा विसं २०७१ मङ्सिर १५ गते तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतम र मन्त्री नरहरि आचार्यको आतिथ्यतामा भएको कार्यक्रममा जोशीलाई उहाँको उचाइ बराबरको ताम्रपत्र र रु पाँच लाखसहित ‘शताब्दी पुरुष’ सम्मान दिइएको थियो ।
प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले विसं २०७२ मा ‘शताब्दी पुरुषःसत्यमोहन जोशी’ ग्रन्थ पनि प्रकाशन गर्नुभएको थियो । शताब्दी पुरुष जोशी यही वैशाख ३० गते ९८ वर्षमा प्रवेश गर्दै हुनुहुन्छ ।
वरिष्ठ संस्कृतिविद् जोशीले नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा अनवरत रुपमा सक्रिय भई अध्ययन, अनुसन्धान र सिर्जनात्मक लेखनका माध्यमबाट वाङ्मयको गरिमा बढाउने कार्यमा अमूल्य योगदान पु¥याएबापत उहाँलाई सो उपाधिबाट सम्मान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज स्पष्ट गरेको छ ।
निकेतन र प्रकाशनका संस्थापक नरेन्द्रराज प्रसाईँले सरकारले जोशीलाई सो उपाधिबाट सम्मान गर्नु नेपालका सबै स्रष्टाको गौरवको विषय हो भन्नुभयो । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds