तीन ट्रली सुपारी बरामद

 

 बेलौरी (कञ्चनपुर),  फागुन   २८ गते ।। नेपालबाट भारत निकासी हुँदै गर्दा गए राति निकासीमा प्रतिबन्धित तीन ट्रली सुपारी बरामद गरिएको छ । 

नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान टिम महाकालीले दक्षिणी क्षेत्र बेलौरी दशजगा नाका क्षेत्रबाट से१त २९२ नंको एक ट्र्याक्टरसहित तीन ट्रलीमा राखिएको अवैध सुपारी उखुभित्र राखिएको अवस्थामा बरामद गरेको अनुसन्धान टोली प्रमुख प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीले जानकारी दिनुभयो ।

बरामद गरिएको सुपारी भन्सार कार्यालयमा बुझाइएको छ । ट्र्याक्टरमा रहेका व्यक्ति फरार छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना