बहुमतीय प्रकृया र आन्दोलन दुवै प्रवृत्ती गलत

शशिधर पराजुली

onsariविराटनगर, फागुन २८ गते । संविधानसभाका उपाध्यक्ष ओनसरी घर्तीले बहुमतीय प्रकृया र आन्दोलन दुवैको पक्षमा आफु नरहेको बताउनुभएको छ । विराटनगरमा सञ्चारकर्मीहरुसंग कुरा गर्दै उपाध्यक्ष घर्तीले अहिले सबै पक्षका बीचमा सहमति गरेर परिवर्तनलाई संस्थागत गर्ने समय भएको बताउँदै आन्दोलन र बहुमतीय प्रकृया दुवैले सहमति बनाउन नसक्ने बताउनुभयो ।
संविधानसभाको अध्यक्ष र उपाध्यक्ष जस्तो साझा पदमा बसेपछि कुनै एक पक्षको मुद्दा बोकेर हिड्नु गलत हुने उहाँको भनाई थियो ।
दुई तिहाई बहुमतबाट संविधान बनाउने कुराले मुलुकको शान्ति प्रकृया ठीकसंग अघि बढाउन नसक्ने र त्यसले द्वन्द्वलाई समाधान गर्न नसक्ने भएकोले त्यसको पक्षमा आफु नरहेको उहाँले प्रष्ट पार्नुभयो । उहाँले विपक्षी मोर्चाले गरेको आन्दोलनको पक्षमा पनि आफु नरहेको भन्दै अहिले सबै मिलेर अघि बढ्ने बेलामा पेल्ने र आन्दोलन गर्ने दुवै प्रवृति गलत भएको बताउनुभयो ।
माघ ८ गतेसम्म संविधानसभाका अध्यक्षले सहमतिकालागि प्रयत्न गरेको भएपनि संविधानसभालाई प्रकृयामा अघि बढाएपछि संविधानसभा र अध्यक्ष दुवै भूमिका विहिन बनेको उहाँको भनाई थियो । प्रतिपक्षी मोर्चाले अध्यक्षलाई बहुमतीय प्रकृया अघि बढाउन भूमिका खेलेको आरोप लगाएपछि झन् उहाँ भूमिका विहिन भएको र अहिले दलहरुबीच सहमति बनाउन कुनै प्रयत्नसमेत गर्न नसक्ने ठाउँमा आइपुगेको बताउनुभयो ।
संविधानसभाको अध्यक्ष र उपाध्यक्ष बीचमा पनि माघ ८ पछि छलफल र सम्वाद हुन छोडेको छ । उपाध्यक्ष घर्तीले अध्यक्षले अहिले उपाध्यक्षको सहयोग खोज्नै पर्ने अवस्था अनुभुति नगरेको हुनसक्ने बताउनुभयो । उहाँहरुसंग यसबीचमा टेलिफोन सम्पर्कसमेत हुन छोडेको छ ।
दलहरुबीच पछिल्लो समयमा छलफल र वार्ता अघि बढ्नु सकारात्मक रहेको उहाँले बताउनुभयो । यहि छलफलबाट सहमति बन्नेमा आफु आशावादी रहेको घर्तीले बताउनुभयो । संविधानसभाको प्रकृयालाई रोकेर छलफलको वातावरण तयार गर्न अध्यक्ष सुभाष नेम्वाङ्गले खेल्नुभएको भूमिका महत्वपुर्ण र सकारात्मक भएको भन्दै सभामुख सहमतिबाटै संविधान बनोस् भन्ने पक्षमा रहेको आफुले पाएको घर्तीले बताउनुभयो ।

वार्ताको नाममा दुवै पक्षको आ–आफ्नै तयारी
सरकारमा रहेका राजनीतिक दल र प्रतिपक्षी मोर्चाबीच विहीबारबाट औपचारिक वार्ता सुरु हुने तय भएसंगै दुवै पक्षले दवाव अघि बढाउन थालेका छन् । चार पक्षबीच वार्ता प्रारम्भ हुनै लाग्दा संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेम्वाङ्गले फागुन ३० गते संविधानसभा परामर्श समितिको बैठक बोलाउनु भएको जानकारी प्राप्त भएको छ ।
जारी वार्ता सहमतिमा पुग्ने वा नपुग्ने टुंगो नलाग्दै माघ २९ गतेदेखि स्थगित संविधानसभाको बैठक बोलाउने उद्देश्यले परामर्श समितिको बैठक डाक्नुलाई महत्वका प्रतिपक्ष मोर्चाले महत्वका साथ हेरेको छ ।
उता वार्तामा जानु अघि नै प्रतिपक्ष मोर्चाले पनि आन्दोलनका कार्यक्रम तयार गर्न कार्यदललाई निर्देशन दिइसकेको छ । वार्ताप्रति काग्रेंस र एमाले सकारात्मक नपाएको भन्दै २६ गतेकै बैठकमा संयोजक प्रचण्डले आन्दोलनको कार्यक्रम तयार गर्दै गर्न निर्देशन दिएका हुन् । वार्तामा बस्ने दुवै पक्षको तयारीले वार्ता सकारात्मक निष्कर्शमा पु¥याउने भन्दा पनि दाउपेचकालागि वार्तालाई उपयोग गर्न खोजेको देखिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना