विपक्षी मोर्चाले फागुन ३० गतेसम्म वार्ताका लागि पर्खने

30काठमाडौँ, २६ फागुन । एकीकृत नेकपा (माओवादी) नेतृत्वको विपक्षी मोर्चाले यही फागुन ३० गतेसम्म वार्ता र सहमतिका लागि अधिकतम् प्रयास गर्ने भएको छ ।

मोर्चाको आज यहाँ बसेको बैठकले वार्तामा नेपाली काँग्रेस र नेकपा (एमाले)को नेतृत्वले देखाएको उदासीनताप्रति दुःख व्यक्त गर्दै वार्ता र सहमतिका लागि गम्भीर हुन जोडदार माग गरेको छ ।

यही फागुन ३० गतेसम्म वार्तालाई निष्कर्षमा पु¥याउन ३० दलका तर्फबाट थप जोड लगाउने र कुनै निष्कर्ष ननिस्के आन्दोलनका सशक्त कार्यक्रम सार्वजनिक गर्ने मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले सञ्चारकर्मीलाई जानकारी गराउनुभयो ।

बैठकले बलात्कारमा परी निधन भएकी बाराकी छ वर्षीया पूजा साहको घटनामा संलग्न दोषीलाई कडा कारबाही र परिवारजनलाई क्षतिपूर्तिको माग गर्नुका साथै काठमाडौँमा भएको एसिड घटनाका दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना