पशुपतिस्थित वृद्धाश्रम गोठाटारमा स्थानान्तरण गरिँदै

सरोज आचार्य
काठमाडौँ, वैशाख ८ गते । पशुपतिस्थित वृद्धाश्रम गोठाटारमा स्थानान्तरण गरिँदैछ । संस्कृति मन्त्रालयले वृद्धाश्रम भवनको नक्सा तयार गरेको छ । पशुपति क्षेत्र विकास कोषले उपलव्ध गराएको गोठाटारको दश रोपनी जग्गामा वृद्धाश्रम भवन बन्नेछ ।
हाल पशुपति स्थित पञ्चदेवलमा रहेको वृद्धाश्रममा १९० ज्येष्ठ नागरिक आश्रित छन् । गोठाटारमा पाँचसय वृद्धवृद्धालाई राख्न सकिने क्षमताका साथ भवनको डिजाइन गरिएको छ ।
पशुपतिस्थित वृद्धाश्रमका प्रशासकीय अधिकृत कृष्ण कँडेलका अनुसार नक्सा पास भइसकेको छ । तत्कालीन राजा सुरेन्द«विक्रम शाहले पञ्चदेवल स्थापना गरी यहाँ गरिव गुरुवाका लागि निःशुल्क पाकशाला सञ्चालन गरेका थिए ।
केही समयपछि यो पाकशाला अनाथ वृद्धवृद्धाको आश्रय स्थलमा परिणत भएको थियो । तत्कालीन समयमा बनाइएको पञ्चदेवल वरिपरिको चौघेरा सत्तल भूकम्पले क्षतिग्रस्त भएपछि आश्रित वृद्धवृद्धालाई निकै असुविधा भइरहेको अनुभव गरिएको छ । भवन कै कारण भर्ना हुन चाहने वृद्धवृद्धालाई वृद्धाश्रमले भर्ना गर्न सकिरहेको छैन ।
 आकर्षक बगैँचा, इच्छा अनुसारको धार्मिक गतिविधि, उचित सरसफाइ र मनोरम वातावरणको खाका नक्सामा छ । वृद्धाश्रम सरेपछि खाली हुन आउने पञ्चदेवल क्षेत्रलाई विश्व सम्पदा क्षेत्रको भावना र मर्म अनुरुप पुनःनिर्माण गरिँदैछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds